Play

आन्तरिक द्वन्दका कारण नेपाली काँग्रेस विभाजित, आँफुहरु नै आधिकारिक रहने दुवै पक्षको दाबि

गुरुकुल खबर


काठमाडौँ, आन्तरिक विवादका कारण नेपाली कांग्रेस अन्तत: विभाजन भएको छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा उमेदवारी दर्ता गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले कारबाही गरेपछि औपचारिक रुपमा कांग्रेस विभाजन हुन् पुगेको हो ।

उक्त कारबाहीको निर्णय संगै बिशेष महाधिवेशन पक्षधरले सभापतिमा गगन थापा र महामन्त्रीमा प्रदिप पौडेल र गुरुराज घिमिरेलाई निर्बिरोध चयन गरेका छन महामन्त्री पदमा नै उमेद्वारी दर्ता गराएका विश्वप्रकाश शर्माले आंफ्नो उमेदवारी फिर्ता गरेपछि पौडेल र घिमिरे पनि निर्बिरोध निर्बाचित हुने भएका छन । केन्द्रीय समितिका अन्य केहि पदमा उमेदवारी परेको भएपनि केहि पदमा उमेदवारी नपरेको कारण सबैलाई मिलाएर निर्बिरोध निर्बाचन गराउने प्रयासमा बिशेष महाधिबेशन पक्षधरहरु रहेका छन

यता सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कारबाही गरेका तीनजना नेताहरु महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको साथै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको जानकारी निर्बाचन आयोगलाई गराइसकेको बुझिएको छ कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले गरेको कारबाहीको निर्णयमा भनिएको छ

यस अगाडी विशेष महाधिवेशन पक्षधरले मंगलबार नै भृकुटीमण्डपमा महाधिवेशन चलिरहेको जानकारी आयोगलाई गराइसकेको भन्ने कुरा बुधबार मात्र सार्बजनिक भएको थियो । बिशेष महाधिबेशन पक्षधरले महाधिबेशन चलिरहेको जानकारी पठाएको कुरा सार्बजनिक भएपछि कांग्रेस केन्द्रीय कार्यालयले पनि थापा र शर्मा सहित मन्सुरलाई कारबाही गरेको जानकारी निर्बाचन आयोगमा गराएको हो सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले उनीहरुलाई गरेको कारबाहीको निर्णयमा लेखिएको कुरा यसप्रकार रहेको छ

‘नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा १ को देहयको खण्ड क ख ग र घ को विरुद्ध नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरू, महामन्त्रीहरू, सहमहान्त्रीहरू र सदस्यहरूले अनुशासन उल्लंघन गरेको विभिन्न माध्यमबाट केन्द्रीय कार्यसमितिलाई जानकारी हुन आएको र त्यससम्बन्धमा मिति २०८२।९।२९ र आज ३० गते सम्मका विभिन्न मिडियामा प्रकाशित र प्रशारित सञ्चारबाट पनि पुष्टि भएको । मिति २०८२।९ ।२९ गते नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ भनी पारित गरेको भन्ने, महामन्त्रीद्वयको प्रतिवेदन समेत पेस गरी छलफल भइ पारित गरेको भन्ने, निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको भन्ने र आज मिति २०८२।९।३० गते महामन्त्रीमा रहेका पदाधिकारीले पार्टीको सभापतिमा र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले विभिन्न पदमा उमेदवारी भइ दरखास्त समेत दिएको भनी विभिन्न सञ्चारमाध्यमबाट पुष्टि हुन आएको पाइन्छ ।

साथै केन्द्रीय कार्यसमितिको मिति २०८२।८।१५ र कार्यसम्पादन समितिको मिति २०८२।९।१८ को निर्णयसमेत उल्लंघन गरी मिति २०८२।९।१७ गते महामन्त्रीद्वयको हस्ताक्षरबाट नियमित महाधिवेशन स्थगन, विकल्प विशेष महाधिवेशन भन्ने सूचना तथा निजहरूले दिएको प्रेस विज्ञप्तिबाट पनि पुष्टि भएको छ । अतः नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा ३४ (१) को खण्ड ‘क’ पार्टीको आदर्श सिद्धान्त र नीतिविपरीत कुनै पनि कार्य गरेमा ऐऐ को देहाय खण्ड ख पार्टीको विधान नियमावलीविपरीत कार्य गरेमा ऐ देहाय खण्ड ग, पार्टीको आचारसंहिता उल्लंघन गरेमा ऐ देहाय खण्ड ङ पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानी नोक्सानी पुर्‍याएमा भन्ने समेतको कार्यहरूको ठाडो उल्लंघन गरेको हुँदा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा १ को देहाय खण्ड क ख ग ङ विरुद्धका कार्य गर्ने त्यस्ता पदाधिकारी र सदस्यलाई अपर्झट अनुशासनको कारबाही गर्नुपरेको समेतका कारणले नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा ५० (५) उल्लेख भएबमोजिमका व्यवस्था समेतका आधारमा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा २२ को उपधारा २० तथा धारा ३४ को उपधारा ८ को देहाय खण्ड घ ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ ।’

२००६ सालमा स्थापना भएको कांग्रेसले यो तेस्रो पटक फुट व्यहोर्नु परेको हो । पार्टी स्थापना भएको चार वर्ष बित्न नपाउँदै बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबिचको टकरावले २०१० सालमा पहिलो पटक कांग्रेस विभाजन भएको थियो । त्यसपछि २०५९ सालमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाका कारण फुटेको कांग्रेस अहिले २३ वर्षपछि फेरी सभापति देउवा र महामन्त्री द्वय गगन र विश्वका कारण फुट्न पुगेको छ ।

३० पुष २०८२, बुधबार २०:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा