Play

देउवा लचक हुँदा पनि रोकिएन कांग्रेस फुटको यात्रा, एक पक्ष नेतृत्व चयनतर्फ र अर्को पक्ष कारबाहीतर्फ

गुरुकुल खबर


काठमाडौँ, नेपाली काँग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै बुधबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच कुराकानी भएको छ । बुधबार बिहान देउवा निवास महाराजगञ्जमा भएको महामन्त्रीद्वय थापा र शर्मासँगको छलफलमा ठोस सहमति जुट्न नसके पनि सभापति देउवा भने पार्टी एकताका लागि केहि लचक देखिएका छन् । महामन्त्री द्वयको कुराकानीमा देउवाले पार्टी फुटबाट जोगिन्छ भने आफू टिकटमा हस्ताक्षर गर्ने अधिकारसमेत छाड्न तयार रहेको बताएका थिए ।

सभापति देउवाले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारलाई टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन समेत तयार रहेको भनेर लचकता अपनाउँदा–अपनाउँदै गगन–विश्व अघि बढेर पार्टी विभाजन हुन पुगेमा पार्टी विभाजनको दोष र जिम्मेवारी थापा र शर्माहरूले बोक्नुपर्ने अबस्था सिर्जना हुने देखिन्छ ।

सभापति देउवाले यस अगाडी निर्बाचन आयोगमा समानुपातिक तर्फ र राष्ट्रिय सभा सदस्यको उमेदवारमा पनि पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार आंफ्नो हस्ताक्षर रहेको तर अब प्रत्यक्षतर्फको उमेद्वार चयन गर्दा केन्द्रीय समितको बैठकले जुनसुकै नेताको हस्ताक्षर गर्ने निर्णय गर्दा पनि आँफु तयार रहेको बताएको पार्टीका प्रबक्ता प्रकाशशरण महतले जानकारी दिए।

उनका अनुसार सभापति देउवाले महामन्त्री द्वय थापा र शर्मालाई हस्ताक्षरको बिषयमा निर्बाचन आयोग सनाग सल्लाह लिएर आबश्यक निर्णय गर्ने भनेका थिए यसैगरी देउवाले आँफुलाई आसन्न चुनाब पनि नलड्ने भनेको हो र भनि प्रश्न गर्दा त्यो कुरा आँफुहरुले नभनेको भनेर महामन्त्रीहरुले जवाफ दिएको पनि प्रबक्ता महतले बताए ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मेरै हस्ताक्षरमा उम्मेदवारी दर्ता भयो । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा पनि मैले नै हस्ताक्षर गरेँ’, देउवाको भनाइ उद्धृत गर्दै नेता महतले भने, ‘अब प्रत्यक्षतर्फ अर्कै साथीलाई हस्ताक्षर गर्ने अधिकार दिन कानुनले मिल्छ कि मिल्दैन, कानुनी रूपमा निक्र्योल गरौँ, म तयार छु, तर पार्टी नफुटाउनुस्,’ देउवाले महामन्त्रीद्वयलाई आग्रह गरेका थिए ।

साथै देउवाले वैशाखमा १५औँ महाधिवेशन तय भइसकेकाले अहिले नेतृत्व परिवर्तनको विषय नउठाउन महामन्त्रीद्वयलाई भनेका थिए । नेता महतका अनुसार त्यसक्रममा सभापति देउवालाई संरक्षकको भूमिकामा मात्र बस्न आग्रह गरेका थिए । जवाफमा देउवाले भनेका थिए, ‘मैले सार्वजनिक रूपमा नै अब सभापतिको उम्मेदवार हुँदिनँ भनेको छु । विधानअनुसार पनि म सभापति बन्न पाउँदिनँ । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार वैशाख २८ देखि ३१ गतेसम्म हुने १५औँ महाधिवेशनबाट म उम्मेदवार हुँदिनँ । त्यतिबेलासम्म धैर्य गर्नुस् ।’

यसअघि सभापति देउवाले संसदीय निर्वाचन लड्न नपाउने भन्ने महामन्त्रीद्वयको भनाइ आएको प्रसंगमा भने देउवासँगको भेटमा उनीहरूले त्यो प्रसंग ननिकालेको दाबी गरे । सभापति देउवाले महामन्त्रीहरूलाई ‘के मलाई संसदको चुनाव पनि नलड भनेको हो ?’ भनेर प्रश्न गरेका थिए। जवाफमा महामन्त्रीद्वयले ‘त्यस्तो होइन’ भन्ने जवाफ दिएका थिए । ‘त्यो त भनेको होइन’, महामन्त्रीको भनाइ उद्धृत गर्दै महतको भनाइ छ।

यता, भृकुटीमण्डपमा भने नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भइसकेको छ । सोहि प्रक्रिया अनुसार नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।  निर्वाचन समितिका अनुसार सभापति पदमा उनको एकल मनोनयन दर्ता भएको हो ।

नेपाली कांग्रेसको महामन्त्रीमा भने विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत शर्माले र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्। यसैगरी पुष्पा भुसालले सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन् ।

यसैबीच, विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ताका साथसाथै उम्मेदवारी फिर्ताको फाराम समेत सँगसँगै भर्ने कार्य भइरहेको एक नेताले बताए । यस अगाडी उमेदवारी दर्ता गर्ने भन्दै फारम लिएकाहरु मध्ये कहिले पार्टी बिभाजन हुन लागेको भन्दै उमेदवारी फिर्ता गर्न लागेको बताइएको छ।

उता, नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा संस्थापन पक्षले बिहान ८ बजेलाई केन्द्रीय समिति बैठक बोलाएको भएपनि अब केहि बेरमा मात्र बैठक शुरु हुने देखिएको छ नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितका नेताहरु करिब साढे बाह्र बजे केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका छन् । उनीसँग अन्य नेताहरू पनि बैठकमा सहभागी हुन पुग्ने क्रम जारी छ ।

बैठकमा नेपाली कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाहीको तयारी गरेकोनिर्णय गर्न सक्ने बुझिएको छ। संस्थापन समूहका एक नेताले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका केहि नेताहरूले पार्टी विभाजन तर्फ धकेलेको भन्दै उनीहरुलाई कारबाही गर्ने तयारी भएको जानकारी दिए ।  विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएर मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि कारबाहीबाहेक अरु विकल्प नरहेको संस्थापन पक्षको निष्कर्ष छ।

सभापति देउवा पक्ष र विशेष महाधिवेशन पक्षधरका आ–आफ्नै तयारीले चुनावको मुखमा नेपाली कांग्रेस फुट्ने हो कि भन्ने कांग्रेसजनमा चिन्ता र चासो बढिरहेको छ । कांग्रेसको विवादसँगै आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनबारे समेत अन्योल र आशंका बढेको छ । यदि कांग्रेस विभाजन भयो भने उक्त मितिमा निर्वाचन हुन नसक्ने आशंका समेत बढ्न पुगेका छन् ।

यदि गगन–विश्वले महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अघि बढाएमा नयाँ नेतृत्व चयन हुनेछ भने संस्थापन पक्षले गगन विश्वसमेतका नेताहरुलाई कारबाही गर्दै आफ्ना गतिविधि अघि बढाउनेछन् । यस्तो अवस्थामा कांग्रेसको विवाद र मुद्दा निर्वाचन आयोग र अदालतसम्म पुग्न सक्ने देखिन्छ ।

३० पुष २०८२, बुधबार १३:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा