Play

कांग्रेस बिशेष महाधिबेशनको तयारी तिब्र: कार्यकर्ताहरु काठमाडौँ आउने क्रम शुरु, पार्टीमा विभाजनको डर

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले काठमाडौँमा आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ। भृकुटीमण्डपमा हुने कांग्रेसको विशेष महाधिवेशनस्थलमा मञ्च निर्माण देखि हल सजावट लगायतका कामहरू तिब्रताको साथ भैरहेका छन।महाधिबेशनस्थल भृकुटीमण्डप परिसरमा नेपाली काँग्रेसको चारतारे झन्डा, ब्यानर तथा प्रचार सामग्रीहरु राख्ने काम भइरहेको छ भने प्रवेशद्वार व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वय र यातायात व्यवस्थापनमा पनि तयारी तीव्र पारिएको छ।

कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई पार्टीका नेता कार्यकर्ताहरुको साथै बाहिरबाट पनि महत्व र चासोका साथ हेरिएको छ । बिशेष महाधिबेशनले कांग्रेसमा बिभाजन ल्याउने हो कि भन्ने चिन्ता एकथरिको रहेको छ भने कहिले बिशेष महाधिबेशनबाट नयाँ नेतृत्व र नीति सहित पास गरेर कांग्रेस अगाडी बढ्नुपर्ने कुरामा जोड दिंदै आएका छन।

कांग्रेस बिभाजन हुने चिन्तामा नेता कार्यकर्ताहरु 

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा विशेष महाधिवेशन आह्वान गरिएको भएपनि पार्टी सभापति शेरबहादुर देउवा, काबा सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला लगायतका बहुमत केन्द्रिय सदस्यहरु बिशेष महाधिबेशनको पक्षमा नदेखिएको कारण महाधिबेशनबाट नेतृत्व चयन गरिएमा पार्टी बिभाजन हुने चिन्ता धेरै नेता कार्यकर्ताहरुमा छ।

बिशेष महाधिबेशन भएपनि पार्टी विभाजन हुन् नदिन कांग्रेसका केहि नेताहरु मध्यमार्गी उपाय खोज्न र पार्टीलाई बिभाजन हुनबाट रोक्ने अभियानमा क्रियाशील छन। नेता चन्द्र भण्डारी लगायत अन्य करिब ३० जना केन्द्रीय सदस्यहरुले पनि बिशेष महाधिबेशन भएपनि पार्टीलाई बिभाजन हुन् नदिनको लागि सक्रियता अपनाईरहेको बुझिएको छ। नेता भण्डारी शुक्रबार पनि महाधिबेशनस्थलमा पुगेर महामन्त्रीहरुसंग भेटघाट गर्नुको साथै कार्यकर्ताहरुलाई समक्ष महामन्त्रीहरु बर्तमान र भबिष्य भएको नेताहरु भएकोले महामन्त्रीहरुले नै पार्टी बिभाजन हुनबाट रोक्ने बिश्वास व्यक्त गरेका थिए ।

बिशेष महाधिबेशनको कारण चहलपहल बढ्दै 

बिशेष महाधिबेशनको तयारीको क्रममा मुख्य मंच निर्माणको काम शुक्रबारदेखि नै भैरहेको छ भने महाधिबेशन प्रतिनिधिहरु, अतिथिहरुलाई कार्यक्रम स्थलमा ब्यबस्थित ढंगले राख्न करिब १ हजार स्वयमसेवक परिचालन गरिने बुझिएको छ।  बिशेष महाधिवेशनमा सहभागि हुन देशका बिभिन्न जिल्लाबाट महाधिबेशन प्रतिनिधिहरु सहित कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौँ आउने क्रम सुरु भएको कारण चहल पहल बढ्न थालेको आयोजकले जनाएको छन।

विशेष महाधिवेशन शुरू हुनुअघि नै भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरू आउने क्रम चलिरहेको छ । देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेसँगै महाधिवेशन स्थल आसपासमा चहलपहल तीव्र बन्दै गएको हो। पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेका छन्। मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगिरहँदा प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले स्थल क्षेत्र थप सक्रिय देखिएको छ।

ब्यबस्थापकीय तयारीको काम शुरु 

महाधिवेशन व्यवस्थापन समितिका अनुसार आजदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै अघि बढाइँदै छन्। प्रतिनिधिहरू आगमन हुन थालेपछि स्वयंसेवकहरू परिचालन गरिँदै स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको छ।भृकुटी मण्डप परिसरमा पार्टीका झन्डा, ब्यानर तथा प्रचार सामग्री राख्ने काम भइरहेको छ भने प्रवेशद्वार व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वय र यातायात व्यवस्थापनमा पनि तयारी तीव्र पारिएको छ।

जनपरिचालन समितिका अनुसार उद्घाटन सत्रमा ठूलो संख्यामा कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहने अपेक्षा गरिएको छ। यससँगै भृकुटीमण्डप क्षेत्र विशेष महाधिवेशन केन्द्रित राजनीतिक गतिविधिको मुख्य केन्द्रका रूपमा रूपान्तरण हुँदै गएको छ।

उद्घाटन पुर्व ६ ठाउँबाट जुलुस हुने 

विशेष महाधिवेशनको उद्घाटन हुनु पुर्व काठमाडौँका विभिन्न स्थानबाट कांग्रेस कार्यकर्ताहरु सहभागी जुलुस प्रदर्शन गर्ने तयारी पनि बिशेष महाधिबेशन आयोजकले गरेको छन ।  विशेष महाधिवेशनका लागि गठन भएको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदिशनरसिंह केसीका अनुसार जुलुस प्रदर्शनका लागि छ वटा रुट तय गरिएको छ । उद्घाटन समारोहमा ठुलो संख्यामा कांग्रेस नेता कार्यकर्ताहरुको उपस्थिति रहने अपेक्षा गरिएको केसीले बताए ।

विशेष महाधिवेशनस्थलमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पुस २७ गते आइतबार बिहान करिब ११ बजे सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट शुरु हुने जुलुस भृकुटी मण्डमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ । यी छ वटा रुटमा फरक फरक जिल्लाका प्रतिनिधि तथा नेता कार्यकर्ताहरू सहभागी हुने गरि ब्यबस्थापन गरिएको छ।

सुन्धाराबाट शुरुहुने जुलुसमा चितवन, अर्घाखाँची, सुदूरपश्चिमका जिल्लाहरू र काठमाडौँ निर्वाचन क्षेत्र नं. ८, ९ र १० का कार्यकर्ता भेला हुनेछन्। जुलुस वीरअस्पताल, रत्नपार्क र पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ। यसैगरी रत्नपार्कबाट शुरु हुने जुलुसमा नुवाकोट, रसुवा र धादिङका कार्यकर्ता यहाँ भेला भई सिधै भृकुटीमण्डप प्रस्थान गर्नेछन भने पद्मकन्या क्याम्पसबाट शुरु हुने जुलुसमा बाँके, बर्दिया, मधेश प्रदेशका जिल्लाहरू र काठमाडौँ निर्वाचन क्षेत्र नं. ५, ६ र ७ का कार्यकर्ताहरू यहाँ भेला हुनेछन्। यो जुलुस पुतलीसडक र शंकरदेव क्याम्पस हुँदै कार्यक्रमस्थल पुग्नेछ।

पद्मोदय तथा शंकरदेव क्याम्पस नजिकबाट शुरु हुने जुलुसमा भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ३ का कार्यकर्ताहरू यहाँ भेला हुनेछन भने कमलपोखरीबाट शुरु हुने जुलुसमा काठमाडौँ निर्वाचन क्षेत्र नं. १ र ४ का सबै नगर तथा वडा समितिका कार्यकर्ताहरू कमलपोखरीमा भेला भई डिल्लीबजार, पुतलीसडक र शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप पुग्नेछन। यसैगरी कुपण्डोलबाट शुरु हुने जुलुसमा ललितपुर र मकवानपुरका कार्यकर्ताहरू कुपण्डोलमा भेला भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा र रत्नपार्क हुँदै महाधिवेशन स्थल पुग्ने कार्यसूची रहेको छ।

२५ पुष २०८२, शुक्रबार २०:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा