काठमाडौँ, नेपाली काँग्रेसका दुईजना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा हुन लागेको विशेष महाधिवेशनलाई लिएर यति बेला नेपाली काँग्रेसभित्र मतभेद तल्लो तहसम्म पुगेको छ। पुष २७ र २८ मा हुने भनिएको बिशेष महाधिबेशनका कारण पार्टी विभाजन तर्फ उन्मुख भएको चर्चा सबैतिर चल्दै आएको भएपनि महामन्त्री द्वय थापा र शर्माले भने पार्टीलाइ विभाजन हुन नदिने अभिव्यक्ति दिंदै आएका छन।
महामन्त्री थापाले पार्टी बिभाजन हुन नदिने भन्दै त्यस्तो अबस्था आएमा आंफुले बिष पिएर भएप[अनि पार्टी जोगाउने बताएका छन भने अर्का महामन्त्री शर्माले विभाजनको अबस्था आएमा सबैभन्दा पहिले आँफु नै महाधिबेशनको हलबाट बाहिर निस्किने अभिव्यक्ति दिएका छन। दुवै जनाको यस किसिमको अभिव्यक्ति सार्बजनिक भैरहेको भएपनि बिशेष महाधिबेशनको प्रमुख एजेन्डा भनेको नीति र नेतृत्व परिबर्तन भन्ने आवाज समेत महामन्त्री थापा सहित बिशेष महाधिबेशन पक्षधरहरुले उठाउँदै आएका छन ।
पार्टीको बर्तमान केन्द्रीय समितिका बहुमत सदस्यहरु बिशेष महाधिबेशनको बिपक्षमा रहनु र केन्द्रीय समितिले बिशेष महाधिबेशनको पक्षमा कुनै निर्णय नगर्नुले बिशेष महाधिबेशन पक्ष र बिपक्षको बिचको द्वन्द पार्टी विभाजनमा पुग्नसक्ने अनुमान धेरैको छ। बिशेष महाधिबेशनबाट नयाँ नेतृत्व चयन गर्ने हो भने हाल कार्यबाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समिति र बिशेष महाधिबेशनबाट बन्ने समिति गरि दुईवटा समिति अस्तित्वमा देखिने र यो बिबाद निर्वाचन आयोग अनि अदालतसम्म पनि पुग्ने निश्चित छ।
दुईवटा समितिले निर्वाचन आयोगमा आंफ्नो समिति नै आधिकारिक समिति वा आधिकारिक नेपाली काँग्रेस भन्दै दाबि गर्न जाने अबस्था आयो भने देशभरका आम कार्यकर्ताहरुमा नेपाली काँग्रेस प्रतिको मोह घट्ने र आसन्न चुनाबमा नेपाली काँग्रेसको अबस्था अत्यन्त नाजुक बन्न सक्ने सम्भावना सबैतिरबाट ब्यक्त गरिन थालेको छ। यस्तो अबस्था आउन नदिन नेपाली काँग्रेसका दुई महामन्त्रीहरुले कि त पार्टी पंक्ति सबैलाई बिशेष महाधिबेशनमा सहभागी गराउन सक्नुपर्छ कि त बिशेष महाधिबेशनलाई संकल्प सभा, नीति सम्मेलन वा यस्तै कुनै नाम दिएर नेतृत्व चयन बाहेकका अन्य काम गर्ने फोरमको रुपमा प्रयोग गर्नुपर्छ भन्ने किसिमका अभिव्यक्तिहरु पनि उठ्न थालेको छ। त्यसो हुनसकेमा बिशेष महाधिबेशनको नाममा पार्टीमा बिग्रह नआउने र उक्त महाधिबेशनले पार्टीको आगामी नीति, रणनीति बनाएर एकताबद्द अनि शसक्त कांग्रेस बन्ने भएकोले तर्फ सबैको ध्यान जानुपर्ने आवाज पनि उठिरहेको छ ।
बिशेष महाधिबेशनबाट केन्द्रीय नेतृत्व परिवर्तन गर्ने हो भने पनि केन्द्रीय समितिमा केहि अनुहार परिवर्तन हुने बाहेक अन्य तहका समितिको जिम्मेवारीमा नयाँ कार्यकर्ताको प्रवेश सम्भव छैन। पार्टीले पछिल्लो समय उमेरको आधारमा नयाँ क्रियाशील सदस्यहरुलाई समेत सबै तहमा प्रतिनिधित्व गराउने नीति लिएको भएपनि बिशेष महाधिबेशन गर्दा नयाँ क्रियाशील सदस्यहरुको लागि पार्टीको कुनै पनि तहमा प्रवेश गर्ने मार्ग खुल्दैन। यस्तै बिभिन्न कारणले हुनुपर्छ, चुनाब अगाडी नै पार्टीको नियमित अधिबेशन गराएर नयाँ क्रियाशील सदस्य र नयाँ पुस्तालाई समेत जिम्मेवारी दिनुपर्छ भन्ने आवाज देशभरका अधिकांश कार्यकर्ताहरुबाट समेत उठिरहेको छ।
भदौ २३ र २४ गते जेनजी पुस्ताको नामबाट भएको आन्दोलनपछि बिशेष परिस्थिति उत्पन्न भएको कारण बिशेष महाधिबेशन गर्नुपर्ने अबस्था सिर्जना भएको भनिएपनि आसन्न चुनाब अगाडी नै तल्लो तह अर्थात वडातहबाट पालिका, क्षेत्र जिल्ला वा प्रदेशको समेत नियमित अधिबेशन गर्नु आबश्यक थियो। जसका कारण सबै तहमा नयाँ र उर्जावान कांग्रेस कार्यकर्ताहरुले जिम्मेवारी लिई आसन्न चुनाबको लागि नयाँ उत्साह र उर्जाको साथ होमिनसक्ने अबस्था आउने थियो।
तल्लो तहको अधिबेशन नगरी केन्द्रमा मात्र बिशेष महाधिबेशनको माध्यमबाट नेतृत्व परिवर्तन गरिएमा पार्टीको जिल्ला, क्षेत्र वा पालिका र वडा तहका समितिमा रहेकाहरुमा उर्जा आउनुको सट्टा आन्तरिक द्वन्द यथावत रहने अवस्था समेत आउने देखिन्छ। अहिले पनि कतिपय वडा पालिका वा क्षेत्र र जिल्ला समितिमा नियमित वा आबश्यकता अनुसार बैठक समेत बस्न नसकेको र एकापसमा द्वन्द रहेको अबस्थामा बिशेष महाधिबेशनको कारण तल्लो तहमा कुनै परिवर्तन नहुने भएपछि पार्टी कार्यकर्तामा सोचे अनुसारको उर्जा आउन पनि कठिन देखिन्छ। नयाँ कार्यकर्ताहरुले कुनै जिम्मेवारी नपाउने र तल्ला समितिहरुमा रहेको द्वन्द यथावत रहनुले कांग्रेसको संगठन नयाँ किसिमले अगाडी बढाउन समेत सहज देखिन्न।
बिशेष महाधिबेशनको प्रस्ताब फिर्ता लिन काबा सभापति खड्काको आग्रह
नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन गरेको आग्रह महामन्त्री गगन थापाले अस्वीकार गरेको छन । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकमा खड्काले नियमित महाधिवेशनको कार्यसूची सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको तर्क प्रस्तुत गर्दै प्रस्ताव फिर्ता लिन अपिल गरेका थिए। तर महामन्त्री थापाले उक्त अपिललाई ठाडै अस्वीकार गरेको बताइएको छ।
चुनाब अगाडी नेतृत्व परिवर्तन गर्ने एकमात्र बिकल्प बिशेष महाधिबेशन रहेको महामन्त्री थापाको अडान
बैठकमा बोल्दै महामन्त्री थापाले भने, “नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको मूल मर्मलाई बिर्सिनु हो। चुनावअघि नै नेतृत्व फेर्नुपर्ने मागलाई नियमित अधिवेशनको अल्झनमा पारेर पन्छाउन मिल्दैन।” महामन्त्री थापाले प्रक्रियाबाट भाग्न खोज्नु पार्टीका लागि घातक हुने चेतावनी पनि दिए। विधानअनुसार अघि बढ्न नचाहेर अवैधानिक बाटो रोज्नु दीर्घकालीन रूपमा पार्टीलाई कमजोर बनाउने उनको भनाइ थियो।
पार्टी विधान र वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै थापाले नियमित महाधिवेशनको कार्यसूची घोषणा भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त नहुने स्पष्ट पारे। विशेष महाधिवेशनको माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशिष्ट अधिकार भएको उनले जोड दिए। महामन्त्री थापाले विशेष महाधिवेशनको मूल उद्देश्य पनि खुलाएका छन्। “अहिले विशेष महाधिवेशन किन चाहियो भने असाधारण अवस्था छ। चुनावभन्दा अघि नै नेतृत्व परिवर्तन गर्नुपर्छ,” उनले भने, “यदि नियमित महाधिवेशनले यो आवश्यकता सम्बोधन गर्न सक्दैन भने विशेष महाधिवेशन नै एकमात्र विकल्प हो।”
पार्टी फुट्ने अबस्था आएमा सबैभन्दा पहिले कार्यक्रम स्थलबाट बाहिर निस्किन्छु – महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गर्दै पार्टी फुट्ने स्थिति आएमा सबैभन्दा पहिले आफू कार्यक्रम स्थलबाट बाहिरिने बताएका छन । विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद चर्किएका बेला महामन्त्री शर्माले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी विभाजनको आशंकालाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन, यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’
पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनको विपक्षमा देखिए पनि महामन्त्रीद्वय थापा र शर्मा पक्षले भने जेन्जी आन्दोलन पछिको परिस्थितिमा यो अनिवार्य भएको अडान राखेका छन् । बदलिएको राष्ट्रिय परिस्थिति, नयाँ चुनौती र पार्टीको दायित्व पुरा गर्न विशेष महाधिवेशन आवश्यक रहेको शर्माको तर्क छ । ‘आजको नेपाल भदौ २३ अगाडिको नेपाल होइन,’ भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि महाधिवेशनको विकल्प नभएको बताएका छन् ।
विशेष महाधिवेशनका लागि कांग्रेसका ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेकाले यो विधान सम्मत भएको उनले उल्लेख गरेका छन् । कांग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशत प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको उनले स्मरण गराएका छन् । हस्ताक्षर नगरेका प्रतिनिधिहरू समेत यस महाधिवेशनमा सहभागी हुन पाउने उनले स्पष्ट पारेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यस महाधिवेशनले कुनै नकारात्मक असर नपार्ने बरु निर्वाचनको परिणाम झन् राम्रो आउने शर्माको विश्वास छ । ‘मुर्झाएर बसेको कांग्रेस भन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले राम्रो परिणाम दिन्छ,’ उनले लेखेका छन् । विशेष महाधिवेशनलाई उनले बदलिएको समयको कांग्रेस र बदल्नुपर्ने देशका लागि गरिएको एक महत्वपूर्ण संकल्पका रूपमा अथ्र्याएका छन्।
यसरि पार्टीका महामन्त्री द्वय थापा र शर्माले बिशेष महाधिबेशनले पार्टी बिभाजन नहुने बताएपनि उक्त महाधिबेशनबाट नेतृत्व समेत परिवर्तन गर्ने भन्ने कुराले पार्टी बिभाजनको संघारमा पुगेको धेरैको अनुमान छ। महाधिबेशनका कारण पार्टी दुई चिरामा विभाजित भएमा महामन्त्री शर्माको ‘ फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा बिशेष महाधिबेशनले कुनै नकारात्मक असर नपार्ने बरु निर्वाचनको परिणाम झन् राम्रो आउने’ भन्ने भनाई बिपरित पार्टी झन् कमजोर बन्ने निश्चित छ। जसका कारण पार्टी र मुलुकको नेतृत्व लिन करिब नजिक पुगेका अनि पार्टी भित्र र बाहिर समेत आशा लाग्दा र सम्भावना भएका भनेर चिनिएका कांग्रेसका दुई युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक यात्रामा समेत धेरै प्रश्न उठ्नसक्ने देखिन्छ।















