पोखरा, नेपाली काँग्रेस पार्टीबाट निष्काशनमा परेका गण्डकी प्रदेशका पुर्व मन्त्री कुमार खड्का र पोखराकी ब्यबसायी मिलन थापाको साथै नेकपा एमालेको नेता समेत रहेका रुपाकोर्ट रिसोर्टका संचालक पुष्प अधिकारी लगायतका केहि व्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आंफ्नो पार्टीमा भित्र्याएको छ। पुराना र स्थापित दल र तिनका नेताहरुको चर्को आलोचना गर्दै संगठन बिस्तार गरिरहेको अबस्थामा रास्वपाले राज्य सत्ताको बिभिन्न जिम्मेवारीमा रहेर अवसर पाएकाहरु र फेरी पनि थप अबसर खोज्ने अनुहारलाई पार्टीमा भित्र्याएको भन्दै स्थानीय एबम सार्बजनिक रुपमा रास्वपाको समेत आलोचना शुरु भएको छ ।
अघिल्लो संसदीय निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारको बिरुद्ध लागेको अभियोगमा नेपाली काँग्रेसले साधारण सदस्यता समेत नरहने गरि निष्काशन गरेपछि खड्काको कांग्रेसको संगठनमा सबै किसिमको जिम्मेवारी गुमेको थियो। यसका साथै कांग्रेसको तर्फबाट खड्काले कुनै पनि निर्बाचनमा उमेद्वार बन्न पाउने अवसर समेत गुमेको कारण उनले आंफ्नो राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर अगाडी बढाउने भएका छन। उनले रास्वपामा लागेपछि संघको भन्दा प्रदेशको राजनीतिमा क्रियाशील हुने आँफु निकटहरुलाई बताएको बुझिएको छ।
बिधार्थीकालमा नेपाल बिद्यार्थी संघको राजनीतिमा जोडिएका खड्काको राजनीतिक यात्रा भने अबसरको खोजि गर्दै अगाडी बढेको देखिन्छ। बिधार्थी राजनीतिमा नेबिसंघमा जोडिएको केहि समयपछि अध्ययनको लागि भनेर बेलायत पुगेका खड्काले पढाईको क्रममा नै बिभिन्न माध्यम बाट राम्रो कमाइ गरेको र उनि नेपाल फर्किनुपर्ने अबस्था उत्पन्न भएको बताइन्छ। नेपाल आएपछि उनी क्षत्री समाजमा आबद्द रहेर सोहि समाजको नामबाट देशका बिभिन्न स्थानमा क्षत्रीहरुको संगठन बिस्तार अभियानमा सक्रिय भए। त्यस लगत्तै उनले तिनै क्षत्री र ब्राह्मणहरुलाई समेत संगठित गरेर संघीयताको विरोध गर्ने पार्टीको रुपमा ‘अखण्ड नेपाल’ नामक पार्टी खोलेर राजनीति सुरु गरेका थिए ।

उक्त पार्टीले प्रत्यक्षतर्फ कुनै क्षेत्रमा बिजय प्राप्त गर्न नसकेको भएपनि देशभरबाट प्राप्त समानुपातिक मतको आधारमा २०७० को संविधान सभामा उनि एक्लो समानुपातिक सभासद बन्न सफल भएका थिए । त्यसपछि खड्काले तत्कालिन माओबादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री समेत बनेर अबसर प्राप्त गरे । उनको पार्टी अखण्ड नेपाल पार्टीका अन्य सदस्यहरु नेकपा एमालेमा संगठित हुँदै गएपछि र पार्टी कमजोर बन्दै गएपछि खड्काले आंफ्नो राजनीति र अबसर सुरक्षित् गर्न नेपाली काँग्रेसमा पार्टी बिलय गर्ने घोषणा गरे।
काँग्रेसमा बिलय हुँदा नै उनले पार्टीको जिम्मेवारी सहित गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बन्ने बार्गेनिंग गरेपछि कांग्रेसले उनलाई गण्डकी प्रदेशको सांसद समेत बनायो। त्यसपछि नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारमा शक्तिशाली भौतिक पूर्वाधार मन्त्री बनेर अरबौंको बजेट परिचालन गर्ने जिम्मा लिए । उनि गण्डकी प्रदेशमा मन्त्री हुँदा आंफ्नो वडामा मात्र ठुलो रकम बिनियोजन गरेको भन्दै वडा मन्त्रीको रुपमा समेत आलोचित बन्न पुगेका थिए।
अघिल्लो प्रदेश सभा निर्बाचनमा पनि पुन प्रदेश सांसदको दाबि गरेका खड्कालाई कांग्रेसले टिकट नदिएपछि उनले कांग्रेसका आधिकारिक उमेद्वारलाई हराउन बिभिन्न पहल गरेको उजुरी पार्टीको केन्द्रीय समिति समक्ष परेको आधारमा पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको थियो। पार्टीको कारबाहीपछि उनले राजनीतिबाट आगामी अबसरको उपयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाइ रोजेको छन ।
कांग्रेसबाट निष्काशित खड्कासंगै नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि मिलन थापा समेत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी छन। राजनीति भन्दा ब्यबसायिक रुपमा पोखरामा परिचित ध्रुब थापाकी श्रीमती मिलन थापा कांग्रेसबाट गण्डकी प्रदेशको मन्त्री बनेका बिन्दुकुमार थापाकी भाई बुहारी हुन। अटोमोबाइल व्यवसाय र रियलस्टेट ब्यबसायको साथै सामाजिक संघ संस्थामा क्रियाशील ध्रुब थापा नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील नरहेपनि उनकी श्रीमती मिलन काँग्रेसको १४ औं महाधिबेशनबाट कांग्रेसको महाधिबेशन प्रतिनिधि बनेकी थिईन ।

जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बिन्दुकुमार थापाको घर जलाउँने क्रममा आन्दोलनकारीले मिलन थापको घर समेत जलाइदिएका थिए । व्यापारिक पृष्ठभूमि रहेका जेठाजु बिन्दु थापा काँग्रेसमा लागेर प्रदेशको मन्त्री बनेको देखेकी मिलनले कहिलेकाहीं राजनीतिमा सक्रिय रहने चाहना राख्ने गरेकी थिईन। तर, बिन्दु थापाको भाई बुहारी भएको कारण परिवार भित्रबाट मात्र नभएर पार्टी भित्रबाट समेत अवसर पाउने कुरामा अबरोध आउन सक्ने भएपछि उनले पनि अवसर छोप्नको लागि रास्वपामा प्रवेश गरेको बताइएको छ।
यसैगरी रास्वपा प्रवेश गरेका अर्का ब्यबसाई पुष्प अधिकारी नेकपा एमालेका स्थापित नेता हुन् । उनी चर्चित पर्यटकीय होटल रुपाकोट रिसोर्टका सञ्चालक समेत हुन् । लामो समय एमालेको राजनीतिमा सक्रिय रहेका अधिकारी व्यवसायीका रूपमा बढी चिनिन्छन् । उनले यस अगाडीको संसदीय निर्वाचनमा कास्की क्षेत्र न. १ बाट साथै स्थानीय तहको चुनाब लड्ने चाहना ब्यक्त गर्दै आएको भएपनि एमाले पार्टीले उनलाई उमेदवार बनाउने निर्णय नगर्दा उनि नेकपा एमाले प्रति समेत असन्तुष्ट देखिन्थे। आँफु लामो समय लागेको पार्टीमा अवसर नपाएपछि यसपटक उनले अबसरको खोजिमा नै रास्वपा प्रवेश गरेको अनुमान उनका निकटस्थहरु बताउछन।

खड्का, थापा र अधिकारी लगायतका व्यक्तित्वलाई रास्वपाले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित एक कार्यक्रममा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए । पुराना र स्थापित दलहरूलाई गाली गर्दै नयाँ राजनीतिक संस्कारको दाबी गर्ने रास्वपाले सत्ताको स्वाद पाइसकेका र पटक-पटक पार्टी बदल्ने विवादित अनुहारलाई आंफ्नो पार्टीमा भित्र्याएपछि कहिले भने सामाजिक सञ्जालमा र सार्बजनिक रुपमा पनि आलोचना गर्न थालेका छन ।
उक्त समारोहमा बोल्दै पुर्व प्रदेश मन्त्री कुमार खड्काले नेपाली कांग्रेसले नैतिकताको बन्धन खोलिदिएपछि आफू स्वतन्त्र भएर रास्वपामा जोडिएको बताए । ‘निर्वाचन पश्चात मन राष्ट्रिय स्वतन्त्र पार्टी तिर तर शरिर र वचन नेपाली कांग्रेसको बन्धनले बाँधिराखेको थियो । यही उकुस मुकुसको बिचमा सक्रिय राजनीति छोडेपनि पार्टी छोड्दिन भनेर ३ वर्षसम्म निस्क्रिय रहिरहेको तर नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर मलाई स्वतन्त्र बनाएपछि नयाँ अभियानमा जोडिएको छु – खड्काले भने।

२०७० सालमा आफूले अखण्ड नेपाल पार्टी स्थापना गरेको र त्यतिबेला जनताको मन जिते पनि मत जित्न नसकेको तर अहिले रवि लामिछानेले आंफुले देखेको त्यो सपना पूरा गरेको बताए । ‘मैले विगतमा जनताका मुद्दालाई संविधान सभा र सडकमा व्यापक रूपमा उठाउँदा पनि मत जित्न सकेको थिइनँ, तर रवि लामिछानेले मन र मत दुवै जितेर वैकल्पिक राजनीतिको संकल्प पूरा गरेका छन्’ खड्काले भने । खड्काले देशको अर्थतन्त्रको रातो बत्ती बलिसकेको र नेपाल असफल राष्ट्र अर्थात् ‘फेलियर स्टेट’ को बाटोमा अगाडि बढेको चेतावनी दिए ।
रास्वपाले भ्रष्टाचार र निष्पक्षताको मुद्दालाई बोध गर्ने विश्वासका साथ आफू कनिष्ठ सदस्यका रूपमा जोडिएको खड्काले स्पष्ट पारे। गौतम बुद्ध, पृथ्वीनारायण शाह, बिपी कोइराला, पुष्पलाल श्रेष्ठ र मदन भण्डारी जस्ता व्यक्तित्वलाई विगतमा राजनीतिको भर्याङ मात्र बनाइएको भन्दै अब रास्वपाले उनीहरूको सत्कार्यलाई अनुसरण गर्नुपर्नेमा उनले जोड दिए ।
उक्त समारोहलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले संसदमा थोरै संख्यामा रहँदाको पीडादायी अनुभवले ठूलो शक्ति बन्नुपर्ने आवश्यकता महसुस गराएको बताए । २७५ जना सांसदको भीडमा हाम्रा २१ जना सांसदले भोग्नुपरेको अनुभव असाध्यै पीडादायी रह्यो,’ त्यसैले अब हामी ५० वा ६० सिट ल्याएर चिया खाएर बस्ने होइन, स्पष्ट बहुमतका साथ मुलुक हाँक्ने तयारीमा छौं ।’ अब ‘म्याजिक नम्बर’ को पछाडि नलागी २१ बाट १५१ सिट ल्याएर स्पष्ट बहुमतका लागि तयारी गरिरहेको उनले उल्लेख गरे ।

वाग्लेले विगत ७० वर्षको इतिहासमा नेपालका ठूला दलहरुले पाएको अवसर सदुपयोग गर्न नसकेको टिप्पणी गरे । उनका अनुसार २०४८ सालमा नेपाली कांग्रेस, २०६४ सालमा नेकपा माओवादी र २०७६ सालमा नेकपा एमालेले झण्डै दुई तिहाइको बहुमत वा ठूलो अवसर पाए पनि आन्तरिक खिचलो र पदको लुछाचुँडीका कारण ती ऐतिहासिक अवसर खेर फालेका थिए । ‘३५ वर्षमा अब चौथो पटक एउटा ऐतिहासिक अवसर आउँदै छ, विगतका दलहरूले गरेको गल्तीबाट सिकेर हामी सुसंस्कृत राजनीतिको अभ्यास गर्नेछौं,’ उनले भने ।
उपसभापति वाग्लेले युवाहरूको आशा रहेका बालेन शाह र कुलमान घिसिङ जस्ता व्यक्तिहरूलाई पार्टीमा जोड्नुको अर्थ पार्टीलाई थप शक्तिशाली बनाउनु रहेको जानकारी दिए । ‘मुलुकलाई नयाँ बाटोमा लैजान हामीले एक कदम पछाडि हटेर दुई कदम अगाडि बढ्ने रणनीति लिएका छौं,’ उपसभापति वाग्लेले थपे, ‘त्यसैले बालेन शाह, कुलमान घिसिङ र विवेकशील साझाजस्ता शक्ति र व्यक्तिहरूलाई हामीले अभियानमा जोडेका हौं ।’
















