काठमाडौँ, नेपाली कांग्रेसले आंफ्नो १५ औँ महाधिवेशन आगामी बर्ष २०८३ को वैशाख २८ देखि ३१ गतेसम्म गर्ने भएको छ पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त मितिमा महाधिबेशन गर्ने प्रस्ताव गरेको नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा कार्यवाहक सभापति खड्काले नै पार्टीको १५ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेका थिए । कार्यतालिका अनुसार चैत्र २१ गते वडा अधिवेशन सुरु गरेर वैशाख २८, २९, ३० र ३१ काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको बुझिएको छ । केन्द्रीय कार्य समितिसहित सबै तहका समितिको म्याद जेठ मसान्तसम्म थप्न कार्यवाहक सभापति खड्काले बैठकमा प्रस्ताब गरेका हुन् ।
यस अगाडीको केन्द्रीय समितिको बैठकले देउवा नेतृत्वको समितिको म्याद मङ्सिर मसान्तबाट बढाएर माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो ।
महाधिबेशन सम्बन्धि कार्यतालिका ..
















