पोखरा, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरी पनि सरेको छ। मङ्सिर ११ गतेबस्ने भनिएको बैठक बस्दै नबसी मङ्सिर १२ गते बस्ने सूचना जारी गरिएकोमा मङ्सिर १२ मा पनि बैठक नबसी मङ्सिर १४ गतेको लागि सारिएको थियो अब मङ्सिर १४ मा बस्ने भनिएको बैठक समे सुचनाको आधारमा सारेर मङ्सिर १५ गते बस्ने भनिएको छ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले गुरुकुल खबरलाई प्रेषित गरेको सूचना अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरेर मंसिर १५ गते सोमबार दिनको दुई बजे को लागि तय गरिएको छ।
पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले जनाएका छन ।
कांग्रेस केन्द्रीय समितिको बैठक पार्टीको १५ औं महाधिबेसन वा बिशेष महाधिबेशन मध्ये के गर्ने र कहिले गर्ने भन्ने सम्बन्धि बिबादको कारण लम्बिंदै गएको छ।
गत असोज २८ गते शुरु भएको केन्द्रीय समितिको बैठक पटक पटक सूचना जारी गरेर स्थगित हुँदै आएको कारण पार्टीका नेता कार्यकर्ता समेत चिन्तित बनेका छन ।
















