Play

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी फेरी सारियो, अब मङ्सिर १५ गते बैठक बस्ने

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरी पनि सरेको छ। मङ्सिर ११ गतेबस्ने भनिएको बैठक बस्दै नबसी मङ्सिर १२ गते बस्ने सूचना जारी गरिएकोमा मङ्सिर १२ मा पनि बैठक नबसी मङ्सिर १४ गतेको लागि सारिएको थियो अब मङ्सिर १४ मा बस्ने भनिएको बैठक समे सुचनाको आधारमा सारेर मङ्सिर १५ गते बस्ने भनिएको छ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले गुरुकुल खबरलाई प्रेषित गरेको सूचना अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरेर मंसिर १५ गते सोमबार दिनको दुई बजे को लागि तय गरिएको छ।

पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले जनाएका छन ।

कांग्रेस केन्द्रीय समितिको बैठक पार्टीको १५ औं महाधिबेसन वा बिशेष महाधिबेशन मध्ये के गर्ने र कहिले गर्ने भन्ने सम्बन्धि बिबादको कारण लम्बिंदै गएको छ।

गत असोज २८ गते शुरु भएको केन्द्रीय समितिको बैठक पटक पटक सूचना जारी गरेर स्थगित हुँदै आएको कारण पार्टीका नेता कार्यकर्ता समेत चिन्तित बनेका छन ।

१३ मंसिर २०८२, शनिबार १९:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा