Play

पोखराका पत्रकार धनबहादुर सहित छ जनालाई पत्रकारिता सम्बन्धि बिभिन्न पुरस्कार

गुरुकुल खबर


पोखरा, पोखराका पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीसहित ६ जना पत्रकार पुरस्कृत भएका हुन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनीहरूलाई पुरस्कार प्रदान गरे । संघले हरेक वर्ष एक जना गुरुङ र एक जना गैरगुरुङ समुदायका पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष गुरुङसँगै अन्य समुदायतर्फ काठमाडौंका श्यामकृष्ण श्रेष्ठ पुरस्कृत भए । उनीहरूले जनही २० हजार १ रुपैयाँ र सम्मानपत्र प्राप्त गरे

त्यस्तै, ‘तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार’ बाट काठमाडौंकी इच्छा गुरुङ पुरस्कृत भइन् । उनले १२ हजार ५०१ रुपैयाँ प्राप्त गरिन् । लमजुङकी खुसीमाया गुरुङले ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, चितवनकी सूचना गुरुङले ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’ र सुनसरीका रबिन गुरुङले ‘सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्राप्त गरे ।

यी तीनै पुरस्कारको राशि जनही १० हजार १ रुपैयाँ रहेको छ । कार्यक्रममा ‘गुरुङ न्युज डटकम’ को लोकार्पणसमेत गरिएको थियो ।

१० पुष २०८२, बिहीबार ०६:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा