Play

सर्वोच्चमा संसद पुनर्स्थापना सम्बन्धि सबै रिटको सुनुवाई एकैसाथ हुने

गुरुकुल खबर


पोखरा, प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा बिभिन्न व्यक्ति र संस्थाको तर्फबाट दायर भएका सबै रिटमाथि अब एकैसाथ सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले यसअघि कांग्रेसका आठजना निवर्तमान सांसदहरूले दायर गरेको रिटसँगै राखेर सुनुवाइ गर्न बुधबार आदेश जारी गरेको हो ।

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेस र अन्य दलका गरी निवर्तमान सांसदहरूले दायर गरेको रिटमा बुधबार सुनुवाइ भएको थियो। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जना निवर्तमान सांसदले दिएको निवेदनका साथ सरिक हुन पाउँ भनी पूरक निवेदन दिएपछि संवैधानिक इजलासले एकैसाथ सुनुवाइ गर्न आदेश दिएको हो ।

अब संसद् पुनर्स्थापनाको माग राखि सर्वोच्चमा दर्ता भएका रिटमाथि एकसाथ सुनुवाइ हुने भएपनि कहिले टुंगिने भन्ने निश्चित छैन ।

यस अगाडी नेकपा एमालेका ७५ जना र नेपाली काँग्रेस सहित अन्य केहि दलका ६५ जना निबर्तमान सांसदले संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन । बिभिन्न व्यक्ति वा संस्थाको नामबाट पनि संसद बिघटनलाई असंबैधानिक भन्दै झन्डै डेढ दर्जनको संख्यामा अदालतमा रिट परेको छन ।

१० पुष २०८२, बिहीबार ०५:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा