पोखरा, पोखरामा रहेर पत्रकारितामा क्रियाशील दुईजना शिशिर पौडेल र रिखिराम जिसीलाई मातृशोक परेको छ ।
पत्रकार शिशिर पौडेलकी आमा सरस्वती पौडेलको हालै निधन भएको हो । ७३ बर्षीय पौडेलका दुई छोराहरु र तिन छोरी रहेका छन ।
छोराहरुमा श्रीराम र शिशिर एबम छोरीहरु लक्ष्मी, शिला र अनिता रहेको पारिवारिक श्रोतले जनाएको छ ।
यसैगरी पोखरामा रही पत्रकारिता गर्दै आएक रिखीराम जिसीको आमा लक्ष्मीदेवी जिसीको उपचारका क्रममा सोमबार निधन भएको परिवाजनले जनाएको छ ।
५९ बर्षीय लक्ष्मीदेबी केहि समयदेखि क्यान्सरबाट पीडित थिईन ।
उनका श्रीमान्, ३ छोरा र ३ छोरी छन् । छोराहरुमा रिखिराम सहित पदम र भोजराज जिसी हुन् ।















