पोखरा, कास्की जिल्लाबाट विभिन्न पेशा र ब्यबसायको शिलशिलामा विभिन्न मुलुकमा पुगेका कस्केलीहरुद्वारा गठन गरिएको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको पहिलो अन्तराष्ट्रिय कास्की सम्मेलनको तिब्रता दिईएको छ। ‘कस्केलीहरु बीच सहकार्य, एकता, संस्कृति र पर्यटनको प्रबर्द्दन- जन्मस्थलको समृद्धिको लागि दुबईमा विश्व सम्मेलन’ भन्ने नाराका साथ सेप्टेम्बरको ६ र ७ अर्थात आगामी भदौको २१ र २२ गते युएईको दुबईमा उक्त सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनको तयारीको लागि गठित विभिन्न उपसमितिहरुले आआफ्नो जिम्मेवारी अनुरुपको कामलाई तिब्रता दिईरहेको छन । सम्मेलनको मूल आयोजकमा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नै रहेपनि स्थानीय संयोजनको जिम्मेवारी भने कास्की आदर्श समाज युएईलाई दिईएको छ। सम्मेलनको लागि आथिक उपसमितिको संयोजकमा संस्थाका प्रमुख संरक्षक सिता बराललाई राखिएकोमा उनको समितिले बिभिन्न ब्यक्ति र संस्थाहरुबाट रकम संकलन गर्ने कार्य समेत निरन्तर गरिरहेको संस्थाका अध्यक्ष शिब बानियाले गुरुकुल खबरलाई जानकारी दिए।
आर्थिक उपसमितिका संयोजक सिता बरालका अनुसार कास्की जिल्लामा संस्थाको कार्यालय भवन निर्माण गर्नको लागि जग्गा खरिद गर्ने, प्रवासमा समस्यामा रहेका कस्केलीहरुको सहयोगको लागि उद्वार कोष स्थापना गर्ने एबम सम्मेलनलाई ब्यबस्थित रुपमा सम्पन्न गर्ने लक्ष सहित शुरु गरिएको अर्थ संकलन अभियान अन्तर्गत विभिन्न व्यक्ति र संस्थाबाट करिब २० लाख रुपैया प्रतिबद्दता भैसकेको र अन्य व्यक्ति र संस्थाबाट पनि रकम संकलन हुने क्रम जारी छ। केहि व्यक्ति र संस्थाबाट सहयोग रकम प्राप्त भैसकेपनि केहिले भने प्रतिबद्दता गरे अनुसारको रकम बुझाउन बाँकी रहेको संयोजक बरालले जानकारी दिईन। डेनमार्कमा रहेकी संयोजक बाँस्तोलाले सम्मेलनको लागि आंफ्नो तर्फबाट १ लाख ३ हजार ६०९ रुपैया सहयोग गरेको जानकारी दिईन।
यसैगरी, कस्केली समाज अमेरिकाका अध्यक्ष डम्बरजंग गुरुङबाट ५५ हजार ५५५, पोखरा -१८ की राधिका बानियाबाट १ लाख ११ हजार १११, अमेरिकामा रहेका विश्वराज बाँस्तोलाले ४० हजार, हाल स्पेनमा रहेका संस्थाका संरक्षक केदार ढुंगानाले ५० हजार, हाल युएईमा रहेका संस्थाका उपाध्यक्ष बिकास शाहीले १ लाख, संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सिनाले १० हजार ५००, क्यानाडामा रहेका संस्थाका प्रबक्ता रमेश खत्रीले ६६ हजार ६६६, अमेरिकामा रहेका संस्थाका सहकोषाध्यक्ष दिपक थापाले २७ हजार ५०० रुपैया सहयोग प्रदान गरेको छन।
गुरुकुल खबरलाई प्राप्त जानकारी अनुसार दुबईमा रहेका संस्थाका महासचिब केदार कुँवरले १५ हजार ५५५, पोर्चुगलमा रहेका संस्थाका युवा संयोजक सबिन पौडेल र महिला उपसंयोजक बिन्दु गौतम पौडेलले २५ हजार ५५५, मकाउमा रहेकी संस्थाकी महिला उपाध्यक्ष शान्तिदेबी अधिकारीले ५० हजार, दक्षिण कोरियामा रहेका डा. प्रदिप अधिकारीले १२ हजार, स्पेनमा रहेका बिशाल ढुंगानाले १५ हजार ८८८, कास्की आदर्श समाज स्पेनबाट ५० हजार, अमेरिका रहेका संस्थाका क्षेत्रिय संयोजक सुर्यमोहन तिवारीले १३ हजार २००, नेदरल्याण्डमा रहेका संस्थाका प्रमुख सल्लाहकार हिमाल गुरूङले १ लाख ५ हजार ५५५ रुपैया सहयोग गरेको छन।
बेल्जियम रहेका संस्थाका उपमहासचिब इन्द्रकमल राजभाटले १ लाख १५ हजार ५५५, कास्की आदर्श समाज कतारले ५० हजार ५५५, कास्की पोखरा समाज जापानले १ लाख ५५५, कतारमा रहेका संस्थाका संरक्षक बिमल सुवेदीले १ लाख १ हजार ७७७, कास्की आदर्श समाज यूएईले ५० हजार, युएई रहेकी शोभा शर्माले २० हजार १५५ र पुर्णिमा घिसिंगले १० हजार, डेनमार्क रहेका मंगल बहादुर परियारले कास्की आदर्श समाज डेनमार्कको तर्फबाट १ लाख ११ हजार ११११ रुपैया सहयोग गरेको बुझिएको छ।
यसैगरी, संस्थाका सल्लाहकार गुप्तशेखर पौडेलले २० हजार १५५, शिवकुमार श्रेष्ठ र मनु गुरुङ श्रेष्ठले १५ हजार ५१५, सल्लाहकार रामचन्द्र अधिकारीले १५ हजार ५५५, मोहनराज गौतमले १० हजार ३००, राजेन्द्र गौतम राजले १२ हजार २५, गंगादेवी शर्माले १० हजार १४१, अर्जुन भण्डारीले १० हजार, देवेन्द्र गिरिले १० हजार, कस्केली समाज अमेरिकाले ५० हजार, कास्की आदर्श समाज स्पेनका अध्यक्ष कुमार गुरुंगले ५५ हजार ५५५, बेल्जियम बस्ने चित्र सुवेदीले १ लाख ११ हजार १११, सल्लाहकार कृष्ण गिरीले १० हजार,सचिब राजेश सुबेदीले १० हजार १११, सल्लाहकार देबेन्द्र कुँवरले १५ हजार, कतार बस्ने कृष्ण भण्डारीले ११ हजार १११ र बेल्जियम बस्ने संस्थाकी महिला संयोजक कान्ति तिमिल्सिना अधिकारीले ७५ हजार १२१ रुपैया आर्थिक सहयोग गरेको छन।
सम्मेलनलाई सफल र ब्यबस्थित रुपमा सम्पन्न गर्नको लागि बिभिन्न मुलुकमा रहेका समाजका प्रतिनिधिसंग सम्पर्क गर्न अन्तरदेशीय संयोजन उपसमितिको संयोजकमा संस्थाका बरिष्ठ उपाध्यक्ष बिशाल ढुंगानालाई राखिएको छ भने संस्थाको विश्व सम्मेलनका सम्बन्धमा विभिन्न संचार माध्यमसंग समन्वय गरि सम्मेलनका गतिबिधिहरु प्रकाशन प्रशारण गर्नको लागि संस्थाका प्रेस सल्लाहकार गंगाधर पराजुलीलाई मिडिया संयोजक तोकिएको छ । यसैगरि सम्मेलनको लागि आबश्यक पर्ने विभिन्न सामग्री प्रकाशन सहित प्रचार प्रसारको लागि संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सिनालाई संयोजक एबम प्रबक्ता रमेश खत्रीलाई सहसंयोजक तोकिएको छ।
यसैगरी सम्मेलनमा हुने सांस्कृतिक कार्यक्रमको लागि चोलेन्द्र पौडेललाई सांस्कृतिक संयोजक र सम्मेलनस्थलको भौतिक पुर्वाधार ब्यबस्थापनको लागि संस्थाका सल्लाहकार भुवानी प्रसाद तिमिल्सिना संयोजक तोकिएको छ भने यातायात ब्यबस्थापनको लागि निबर्तमान पदेन सदस्य शिबकुमार श्रेष्ठलाइ संयोजक तोकिएको छ। अतिथि सत्कारमा संस्थाका सल्लाहकारहरु गुणशेखर पौडेल, मनोज कुमार सैंजु, निबर्तमान सल्लाहकार पुष्पराज अधिकारी, राजेश श्रेष्ठको साथै युएई समितिमा रहेका महिला पदाधिकारी र महिला समितिका सदस्यहरु रहेका छन भने सम्मेलनको घोषणापत्र तयारी समितिको संयोजकमा परिषद्का महासचिब केदार कुँवर एबम सदस्यहरुमा उपमहसचिब इन्द्रकमल राजभाट र सचिब राजेश सुबेदीलाई चयन गरिएको छ।
अन्तराष्ट्रिय समन्वय परिषदका महासचिब केदार कुँवरले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार विश्व सम्मेलन सल्लाहकार समितिमा संस्थाका सबै संस्थापकहरु र संरक्षक एबम सल्लाहकारहरुलाई राखिएको छ। मध्यपुर्बका विभिन्न मुलुकमा संयोजनको जिम्मेवारी संस्थाका मध्यपूर्व संयोजक नबिन पौडेललाई दिईएको छ। विश्व सम्मेलन कार्यक्रमका संयोजक विकास शाहीले सम्मेलनमा बिभिन्न मुलुकबाट सहभागी हुन आउनेहरुको नामावली र संख्या एकिन गरेर आवास एबम टिकट बुकिंगको ब्यबस्थापन गर्ने प्रक्रिया अगाडी बढेको जानकारी दिए ।
सम्मेलनको उद्घाटनको लागि प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आमन्त्रण गरिएको संस्थाका अध्यक्ष शिब बानियाले जानकारी दिए सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहितका कास्की जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहने बताइएको छ ।
सम्बन्धित समाचार ..
कस्केलीहरुको विश्व सम्मेलन युएईमा हुँदै, सम्मेलन सफल पार्न विभिन्न उपसमितिहरु गठन
नेपाल बाहिरबाट आएका कास्की आदर्श समाजका अगुवाहरुसंग पोखरामा भेटघाट र छलफल
कास्की आदर्श समाज कतार: भित्तेपात्रो सार्बजनिक र सहयोगीलाई सम्मान, कस्केलीको विश्व सम्मेलनको तयारी
पोखराको लेखनाथ आधारभूत स्कुलका बिद्यार्थीहरुलाई कास्की आदर्श समाजद्वारा शैक्षिक सामग्री हस्तान्तरण
बिश्वभर रहेका कस्केलीहरुले आयोजना गरे ‘नेपाली नयाँ बर्षको शुभकामना कार्यक्रम’
दुबईमा कास्की आदर्श सयपत्री कप भलिबल प्रतियोगिता सम्पन्न, आयोजक कास्की समाज प्रथम
कतारमा कास्की समाजद्वारा नेपाली नयाँबर्ष र ईदको अबसरमा शुभकामना आदानप्रदान
कास्की आदर्श समाज बहराइनद्वारा माछापुच्छ्रेको देउराली स्कुलमा बिद्यालय पोशाक बितरण
विभिन्न मुलुकमा रहेका कस्केलीहरुको जमघट पोखरामा, कार्यालय संचालनका लागि आर्थिक सहयोग
दुबईमा विश्व सम्मेलन गर्ने तयारीमा कस्केलीहरु, कास्कीको पोखरामा एनआरएनको एकता महाधिबेशन गर्न आग्रह
कास्की पोखरा समाज जापानको पहिलो बैठक, सुबेदीलाई प्रबक्ता बनाउने निर्णय
कास्की समाज कतारको श्रष्टा सम्मान र भेटघाट पोखरामा, समाजले गरेका रचनात्मक कामको प्रशंसा
कास्की समाज जापानको अधिबेशन, कमल अध्यक्ष रहेको नयाँ समिति निर्बिरोध निर्बाचित
कास्की समाज अन्तराष्ट्रिय समितिमा विभिन्न मनोनयन, एनआरएनको महाधिबेशन पोखरामा गर्न प्रस्ताब
कास्की आदर्श समाजको अन्तराष्ट्रिय समितिमा विभिन्न मनोनयन, कस्केली विश्व सम्मेलन दुबईमा गर्ने निर्णय
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको नयाँ कार्यसमिति, अध्यक्षमा बानिया