Play

बिश्वभर रहेका कस्केलीहरुले आयोजना गरे ‘नेपाली नयाँ बर्षको शुभकामना कार्यक्रम’

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाबाट विभिन्न प्रयोजनका लागि विभिन्न मुलुकमा बसोबास गरिरहेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले नेपाली नयाँ बर्ष -२०८२ को अबसरमा आइतबार शुभकामना कार्यक्रमको आयोजना गर्यो ।

परिषदको हालै सम्पन्न कार्यसमितिको बैठकको निर्णय अनुसार विश्वभर छरिएर रहेका कस्केलीहरुबीच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने र शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

विभिन्न मुलुकमा रहेका कास्की समाजमा आबद्ध कस्केलीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक बिकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा रहेका थिए ।  कास्की आदर्श सेवा समाज नेपालको कार्यालयमा भौतिक रुपमा जम्मा भएकाहरु र विभिन्न मुलुकमा रहेका कस्केलीहरु अनलाइन मार्फत कार्यक्रमा जोडिएका थिए  ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिब बानियाले विश्वभर छरिएर रहेका कस्केलीहरुलाई संगठित र एकताबद्ध बनाउंदै कास्की जिल्लाको समग्र बिकासमा योगदान पुर्याउने लक्षका साथ संस्थाले विभिन्न काम गर्दै आएको जानकारी दिए ।

उनले कास्की जिल्लामा प्राकृतिक बिपत्ति परेको बेलामात्र नभएर स्वास्थ्य, शिक्षा लगायत अन्य क्षेत्रमा पनि समाजले सहयोग गर्दै आएको विभिन्न रचानात्मक काम पनि गर्दै आएको बताए आगामी नोभेम्बर सम्ममा कस्केलीहरुको विश्व सम्मेलन दुबईमा गर्ने तयारी भैरहेको समेत उनले जानकारी दिए  ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री थापाले कास्कीको बिकासमा आफुले पनि सक्दो प्रयास गरिरहेको भन्दै नेपाल बाहिर बस्ने कस्केलिहरुले पनि आफ्नै जन्मभूमिमा लगानी गर्ने तर्फ सोच्न आग्रह गरे । विभिन्न देशमा रहेका कस्केलीहरुको सिप, अनुभव र पुँजीलाई कास्की जिल्लाको विकास निर्माणमा लगाउनसके जिल्लाको बिकास छिटो हुनेमा उनले जोड दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा सहित कास्की जिल्लाको बिकासको निम्ति विभिन्न मुलुकमा रहेका कस्केलीहरुको महत्वपुर्ण योगदान रहन सक्ने बताउंदै पोखरा महानगरले बर्ष २०२५ लाई पोखरा भ्रमण बर्षको रुपमा मनाउन लागेकोले सम्पूर्ण कस्केलीहरु आफै र आँफु रहेको देश वा शहरका मानिसहरुलाई पनि सुन्दर र पर्यटकीय नगर पोखराको भ्रमण गर्नको लागि प्रेरित गरिदिन आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ र अन्य विभिन्न व्यक्तित्वहरुले कास्की समाज र विभिन्न मुलुकमा रहेका कस्केलिहरुले आफ्नो गृह जिल्लाको बिकासमा ध्यान दिनुपर्नेमा जोड दिएको कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदका महासचिब केदार कुँवरले गुरुकुल खबरलाई जानकारी दिए ।

कास्की आदर्श सेवा समाजका संस्थापक एबम पुर्ब संरक्षक विश्व बरालले कस्केलीहरुलाई संगठित र एकताबद्ध बनाएर जिल्लाको भौतिक सहित शैक्षिक र चेतनाको बिकासमा सहयोग गर्ने उद्धेश्यले विभिन्न मुलुकमा कास्की समाज गठन गरिएको बताए ।

यसैगरी अर्का संस्थापक एबम बर्तमान संरक्षक विश्वराज बाँस्तोलाले कस्केलीहरुको विश्व सम्मेलनले सम्पूर्ण कस्केलीहरुलाई एकताबद्ध बनाउने बताउंदै पोखरा र कास्कीको समग्र विकासमा सबैको सहयोग आबश्यक रहनेमा जोड दिए।  कार्यक्रममा कास्की आदर्श सेवा समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा लगायतले समाजका गतिबिधिबारेमा चर्चा गरेका थिए  ।

१ बैशाख २०८२, सोमबार २१:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा