पोखरा, नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको विभिन्न तहका नेता कार्यकर्ताहरुलाई अनुशासनको कारबाही गरेकोमा पार्टीको संस्थापन ईतर समुहले भने उक्त कारबाहीको निर्णय नमान्ने भएको छ नेपाली कांग्रेसमा डा शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले अनुशासन समितिले बुधबार २३ नेतालाई कारबाही गर्न गरेको निर्णय नमान्ने जनाएको हो ।
अनुशासन समितिले विभिन्न जिल्लाका नेताहरुलाई ३ महिना देखि १ बर्ष सम्मका मागी निष्कासन र निलम्बनगर्ने भनि बुधबार सार्बजनिक निर्णयबारेमा छलफल गर्न डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बिशालनगरमा बिहिबार बिहान बसेको इतर समूहका नेताहरूको बैठकले अनुशासन समितिले पार्टी नियमावली विपरीत कारबाही गरेको भन्दै नमान्ने निर्णय गरेको हो । बैठकले समितिको उक्त निर्णय कार्यान्वयन नगर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा पार्टीका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए बैठकले अनुशासन समितिको कारबाही विधानविपरीत र एकातर्फ भएको निष्कर्ष निकालेको केन्द्रीय सदस्य गौतमले संचारकर्मीहरुलाई जानकारी दिए ।
‘कारबाही बिधान विपरीत र एकातर्फी भएको हाम्रो निष्कर्ष छ,’ गौतमले भने, ‘सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने हाम्रो निर्णय छ ।’ बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निष्कर्ष पनि निकालेको नेताहरूले बताएका छन् । समितिको निर्णयको राजनीतिक रुपमा सशक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने पनि गौतमले बताए ।
बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूका बिच अहिले अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएको बताएका थिए ।
कास्की कांग्रेसका पूर्व सभापति केसी, पूर्व मन्त्री खडका र क्षेत्रिय सहसचिब श्रेष्ठ कारबाहीमा