Play

बाढी पहिरोका कारण सातवटा राजमार्गमा सवारी आवागमन बन्द

गुरुकुल खबर


काठमाडौँ,  अविरल बर्षापछि देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुलुकको विभिन्न सातवटा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छन नेपाल प्रहरीले दिएको जानकारी अनुसार शनिबार दिउँसो २ बजेसम्मको अद्यावधिक विवरण अनुसार ४ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको र अन्य तीनवटा राजमार्ग पूर्ण रुपमा बन्द भएका छन ।

अविरल वर्षाका कारण संखुवासभास्थित कोशी राजमार्गमा पूर्णरूपमा अवरोध छ । त्यस्तै, पहिरोका कारण काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड तथा सिन्धुपाल्चोकको अरनिको राजमार्ग अवरुद्ध छ ।

यसैगरी, बाढीका कारण डोल्पाको भेरी करिडोर र रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड अवरुद्ध रहेको छ । जाजरकोटको मध्य पहाडी राजमार्ग र बाजुराको मार्तडी–कोल्टी कच्ची सडक अवरुद्ध रहेको प्रहरीको भनाई छ ।

२१ असार २०८२, शनिबार १७:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा