Play

पोखरा बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तर सम्बन्धि ‘क्युएए प्रमाणपत्र’, नयाँ शैक्षिक कार्यक्रम संचालन गर्ने योजना

गुरुकुल खबर


पोखरा, पोखराको सबै भन्दा पुरानो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शैक्षिक उत्कृष्टताको प्रतीक मानिने ‘गुणस्तर प्रत्याभूति तथा प्रत्यायन’ (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखरा बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा तोकिएका विविध मापदण्ड सफलतापूर्वक पूरा गर्दै जेठ २१ गते औपचारिक रूपमा यो मान्यता प्राप्त गरेको हो ।

२०४४ सालमा स्थापना गरिएको पोखरा बहुमुखी क्याम्पसलाई पोखराको पहिलो सामुदायिक क्याम्पसको रुपमा चिनिन्छ। २०४४ सालमा पोखराको पुरानो टूडिखेल स्थित राष्ट्रिय उच्च माविको भवनमा कक्षा संचालन शुरु गरिएको पोखरा बहुमुखी क्याम्पस २०५९ सालदेखि पोखराको नयाबजारस्थित महेन्द्र माविको भवनमा स्थानान्तरण गरेर संचालनमा आएको थियो। लामो आरोह र अबरोह पछि २०७९ मा कलेजको आफ्नै भवन पोखरा -९ शान्तिबन नजिक निर्माण गरिएपछि भने पोखरा बहुमुखी क्याम्पसले  आफ्नै भवनबाट सबै किसिमको पढाई संचालन गरिरहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले गुरुकुल खबरलाई जानकारी दिईन ।

भौतिक पुर्बाधारको अभावमा शैक्षिक गुणस्तरसमेत वृद्धि हुन नसकेको बिगतको अबस्थामा पछिल्लो समय क्याम्पसले धेरै सुधार समेत गरेको छ। क्याम्पसमा हाल करिब ५ सय जना बिद्यार्थीहरुको साथै २१ जना शिक्षक प्राध्यापक र ६ जना कर्मचारी रहेको क्याम्पस प्रमुख पराजुलीले बताईन। शुरुवातमा आइकम र आइएको कक्षा संचालन गरेको पोखरा बहुमुखी क्याम्पसले हाल स्नातक तहमा मानविकी तथा व्यवस्थापन संकायका बिबिएस र बिएको कक्षा संचालन गर्दै आएको र आगामी दिनमा बीबीए, बीआईएम, बीआईटीजस्ता कार्यक्रम थप गर्ने योजना अगाडि सारेको बुझिएको छ ।

क्याम्पसको भवन निर्माणका लागि तत्कालीन सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनको ५० लाख रुपैयाँ सहयोग निर्णायक बनेको थियो । पोखरा महानगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराएको र निजी क्षेत्रका सहयोगदाताको चन्दा तथा जनसहयोगमा अहिलेको भौतिक पूर्वाधार निर्माण भएको हो ।

पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्यूएए प्रमाणपत्रले क्याम्पसलाई अझ पारदर्शी, उत्तरदायी र सक्षम बनाउन उत्प्रेरित गरेको बताईन । उनका अनुसार यो प्रमाणपत्र प्राप्त गर्नु भनेको क्याम्पसको अन्तिम गन्तव्य नभई निरन्तर सुधार र प्रतिस्पर्धी क्षमताको आधार हो ।’ उनले क्याम्पसको यो उपलब्धि सामूहिक प्रयास र दूरदर्शी योजनाको परिणाम भएको स्पष्ट पार्दै यो उपलब्धिलाई शिक्षा सुधारको अभियानको महत्त्वपूर्ण उपलब्धिको रूपमा लिईएको जानकारी दिईन ।

आन्तरिक गुणस्तर सुनिश्चितता समिति संयोजक प्राध्यापक महेन्द्र रिमालका अनुसार पछिल्ला वर्षमा क्याम्पसको पूर्वाधार, प्रशासनिक संरचना, शैक्षिक उत्कृष्टता र वित्तीय पारदर्शितामा उल्लेखनीय सुधार हुँदै आएको छ । यही क्रमको मूल्यांकनस्वरूप क्याम्पसले क्यूएए प्रक्रिया सफलतापूर्वक पूरा गर्न सक्षम भएको उनले बताए ।

मंगलबार क्याम्पसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘क्यूएए प्रमाणपत्र प्राप्त भएपछि यहाँ अध्ययन गर्ने विद्यार्थीको प्रमाणपत्रलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयले समेत मान्यता दिनेछन्, जुन क्याम्पसकै शैक्षिक प्रतिष्ठाको सूचक हो ।’ व्यावहारिक शिक्षा र जीवनोपयोगी सीपको अभिवृद्धिका लागि क्याम्पसले विविध नन–क्रेडिट कोर्सहरू सञ्चालन गर्दै आएको जानकारी प्राध्यापक रिमालले दिए

क्याम्पस प्रमुख पराजुलीले क्याम्पसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने दीर्घकालीन योजना रहेको बताइन् । । उनले भनिन, ‘शैक्षिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वलाई समेत क्याम्पसले उत्तिकै महत्त्व दिइएको छ ।’

सम्बन्धित समाचार ..

पोखरा बहुमुखी क्याम्पसले पायो शैक्षिक गुणस्तर सम्बन्धि ‘क्युएए प्रमाणपत्र’

२७ जेष्ठ २०८२, मंगलवार २३:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा