Play

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, शिक्षकहरुको आन्दोलन रोकिने

गुरुकुल खबर


पोखरा, आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । दुई पक्ष बीच भएको सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक हुने जनाइएको छ । यो सहमति संगै शिक्षकहरुले सडकमा गरिरहेको प्रदर्शन रोक्ने भएका छन।

नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा वार्ता गरेपछि शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बाहिरिएका छन् । उनले सहमति हुने गरी वार्ता चलिरहेको बताए । शिक्षकका केही माग पुरा गराउन मन्त्रिपरिषद्बाट निर्णय गरिने र त्यसपछि पुनः वार्तालाई निरन्तरता दिँदै सहमति हुने जनाइएको छ । शिक्षकसँग ७ बुँदामा सहमति भएको र त्यसलाई मन्त्रिपरिषद्बाट निर्णय गराउने शिक्षा मन्त्रालय स्रोतले जनायो।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आन्दोलन थालेका थिए । शिक्षा, स्वास्थ्य समितिमा रहेको विधेयक समितिले असारसम्म पेस गर्ने र यही अधिवेशनबाट पारित गर्ने गरी सहमिति भएको सभापति अम्बरबहादुर थापाले जनाए । वार्तामा गृहमन्त्री रमेश लेखक सत्तारुढ दल कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौला सभापति थापा र विद्यालय शिक्षा विधेयकमाथि दफाबार छलफलका लागि गठित उपसमिति संयोजक छबिलाल विश्वकर्मा पनि सहभागी छन् ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार खोजी गरेकाले वार्तामा सतारुढ दलका सचेतकहरु प्रतिबद्धताको लागि उपस्थिति भएको जनाइएको छ । केही मागहरु मन्त्रिपरिषद्को निर्णयबाट पूरा हुने, ऐन आउने सुनिश्चिता हुने भएपछि शिक्षकहरुले २९ दिनदेखि जारी आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने जनाएका छन् । ऐन जारी नभएसम्म सांकेतिक आन्दोलन गर्दै कक्षा १२ को परीक्षा र पठनपाठनमा सहभागी हुने शिक्षक महासंघको भनाइ छ ।

१७ बैशाख २०८२, बुधबार २२:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा