Play

शरीरको चिरफार र शरीर बिज्ञानको अध्ययन गर्न मणिपाल कलेजमा ‘क्याडाभिज भर्चुअल डिसेक्सन टेबल’

नेपालमा पहिलो पटक मणिपाल कलेजले भित्र्याएको मेसिनको मूल्य एक करोड पचास लाख बढी


गुरुकुल खबर


  • गंगाधर पराजुली / पोखरा 

नेपालका मेडिकल कलेजहरुले एमबिबिएस अध्ययन गर्ने बिद्यार्थीहरुलाई शरीर बिज्ञानको बारेमा सिकाउनुपर्दा वा शरीरको विभिन्न अंगको चिरफार गराउनुपर्दा मानिस वा जनावरको मृत शरीरलाई नै प्रयोगमा ल्याइने गरेकोमा त्यसको विकल्पको रुपमा ‘क्याडाभिज’  भर्चुवल डिसेक्सन टेबल प्रयोगमा ल्याईन थालेको छ । नेपालमा दर्जनौ मेडिकल कलेज भएपनि पहिलोपटक पोखरामा रहेको नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सले उक्त प्रविधिको प्रयोग गर्न लागेको हो ।

यो प्रबिधिको प्रयोगपछि कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई ‘क्याडाभिज’  भर्चुवल डिसेक्सन टेबलको प्रयोग गरि शरीर बिज्ञानको बारेमा पढाइने भएको छ । यस अगाडी शरीर बिज्ञानको बारेमा ब्यबहारिक रुपमा सिकाउँदा वा शरीरको चिरफार गर्ने अभ्यास गराउँदा मानिसको वा जनावरको शबलाई नै प्रयोग गर्ने गरिएको थियो । हुन त नेपालका सबै मेडिकल कलेजले मानिस वा जनावरको शबलाई नै सुरक्षित रुपमा राखेर बिद्यार्थीहरुलाई चिरफार गर्न सिकाउन एबम शरीरका विभिन्न अंगको बारेमा जानकारी गराउन मानव वा जनावरको मृत शरीरलाई नै प्रयोगमा ल्याउँदै आएको छन ।

पछिल्लो समय मानिसको सिंगो शव परिवार र आफन्तहरुबाट पाउन कठिन हुने, पाइएपनि धेरै मूल्य तिर्नुपर्ने, एकपटक किनेर वा अन्य किसिमबाट ल्याइएको शवलाई सुरक्षित ढंगले धेरै समयसम्म राख्न कठिन हुने, बिद्यार्थीहरुले एकपटक चिरफार गरेको शरीरलाई पटक पटक चिरफार गर्न नमिल्ने हुँदा बिद्यार्थीहरुले ब्यबहारिक ज्ञान हासिल गर्न समेत समस्या भोग्नुपर्ने अबस्था रहन्छ ।

यसका साथै कलेजले किनेको मानवको वा जनावरको शवलाई धेरै समयसम्ममा कलेज , अस्पतालमा सुरक्षित ढंगले राख्नको लागि फ्रिजर र फर्मालिन किन्नुपर्ने, शवको सुरक्षाको लागि जनशक्तिको ब्यबस्थापन गर्नुपर्ने र शवका विभिन्न अंगलाई पटकपटक चिरफार गर्न नमिल्ने जस्ता समस्याका कारण भौतिक रुपमा प्रयोगमा ल्याइने गरेको शवको विकल्प खोजिंदै आएको थियो ।

पछिल्लो समय फर्मालिनको प्रयोगले क्यान्सर रोग निम्तिन सक्ने सम्भावनाका कारण फर्मालिन प्रयोग गरेर फ्रिजरमा राखिएको शवको चिरफार गराउँदा प्राध्यापक, डाक्टर र बिद्यार्थीहरुले आफ्नो स्वास्थ्य सुरक्षामा चुनौती थपिएको महशुस गर्ने गरेको बताईन्छ । यस्तै समस्याबाट छुटकारा पाउनको लागि नेपालमा पहिलोपटक पोखरामा रहेको नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सले  ‘क्याडाभिज’  भर्चुवल डिसेक्सन टेबल प्रयोगमा ल्याउन लागेको बुझिएको छ ।

क्याडाभिज’ भर्चुवल डिसेक्सन टेबलमा पुरुष र महिलाको मानव शरीर सहित बालक र बालिकाको शरीर एबम उनीहरुको शव र केहि जनावरको शबको पुरा अध्ययन र चिरफार गर्न सकिन्छ । बिद्यार्थीहरुलाई सिकाउने क्रममा एकै पटकमा एउटा कोठामा  समुहमा बसेर वा एक किलोमिटरको दुरी भित्र पर्ने जुनसुकै स्थानमा राखिएका मोनिटरमा जोडेर मानव शरीर र विभिन्न अंगहरुको बारेमा जानकारी गराउन सकिन्छ।

यसका साथै आफुले चाहेको शरीरको कुनै पनि भाग वा अंगको चिरफार गरेको काम भर्चुवल किसिमको थ्री डी मा स्पष्टसंग हेर्न मिल्ने भएको कारण बिद्यार्थीहरुलाई मानव शरीरको विभिन्न अंगका बारेमा जान्न र चाहेको ठाउँमा चिरफार गर्न सहज हुने मात्र नभएर प्राध्यापक एबम डाक्टरले सिकाउन पनि धेरै सहज हुने अनुमान गरिएको छ ।

क्याडाभिज’ भर्चुवल डिसेक्सन टेबलको संचालन शुभारम्भका अबसरमा नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सको दिप क्याम्पसमा आयोजित समारोहमा बोल्दै नेपाल मणिपाल मेडिकल कलेजका अध्यक्ष आनन्दराज बतासले नेपालमा पहिलो पटक मणिपाल कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुले यस किसिमको मेसिन प्रयोग गर्ने अवसर पाएको भन्दै बिद्यार्थीहरुलाई बधाई दिए ।

अध्यक्ष बतासले डाक्टर पढ्ने बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आबश्यक उपकरण र प्रबिधिको प्रयोगलाई कलेजले महत्व दिएको भन्दै मानिस वा जनावरको शवलाई एक पटक चिरफार गरेपछि अर्को पटक त्यहि भागमा चिरफार गर्न नमिल्ने भएपनि क्याडाभिज’ भर्चुवल डिसेक्सन टेबलको प्रयोगबाट एउटा शवलाई हजारौँ पटक चिरफार गर्न सकिने स्पष्ट पारे ।

मेसिनको औपचारिक शुभारम्भ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णराज पाठकले गरेका थिए  । त्यस अबसरमा बोल्दै मन्त्री पाठकले मणिपाल कलेजले क्याडाभिज’ भर्चुवल डिसेक्सन टेबलको प्रयोग गरेपछि कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई मानव शरीरको बारेमा सिक्न र प्राध्यापकहरुलाई सिकाउन समेत सहज हुने बिश्वास ब्यक्त गरे ।

उनले गण्डकी प्रदेशमा मेडिकल कलेजहरुले स्वास्थ्यको क्षेत्रमा रचानात्मक काम गरेर प्रदेश सरकारको समेत इज्जत राखिदिएको बताउंदै गण्डकी प्रदेशमा चाहिने जनशक्ति प्रदेश भित्रका मेडिकल कलेजबाट उत्पादन गर्न सके राम्रो हुनेमा जोड दिए ।

स्वास्थ्य क्षेत्रमा निजि क्षेत्रको योगदानको प्रशंशा गर्दै मन्त्री पाठकले सरकारले घोषणा गरेको कुराहरु कार्यान्वयन हुन नसक्दा नागरिकहरु पिडित बन्ने मात्र नभएर सरकारको विश्वसनीयता घट्दै जाने स्पष्ट पारे । उनले ९८ प्रकारका औषधी निशुल्क पाइने भनेर घोषणा गरिएको भएपनि सबै औषधी सर्बसाधारणले पाउन नसकेको, अस्पतालमा उपचार गर्न जाँदा पनि लाइनमा बस्नुपर्ने बाध्यता रहेको, बिमा बापतको रकम सरकारले समयमै उपलब्ध नगराउँदा अस्पतालले आर्थिक संकट व्यहोर्नुपरेको र अप्रेसन गर्नपर्ने बिरामीले समेत पालो कुर्नुपर्ने जस्ता समस्या समाधानमा आफु गम्भिर रहेकोले संघिय सरकारका स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसंग समेत कुरा गरेको स्पष्ट पारे ।

नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल र अस्पतालका निर्देशक प्रा. डा. अभिषेक मास्केले अस्पताल ब्यबस्थापन पक्षले मेसिन खरिद गरेर कलेजलाई थप प्रबिधि मैत्री बनाएको भन्दै कलेज संचालकहरु प्रति आभार प्रकट गरे । उनले मेसिनको प्रयोगबाट अधिकतम लाभ लिन बिद्यार्थीहरु र प्राध्यापकहरुलाई समेत आग्रह गरे ।

नेपालमा पहिलो पटक मणिपाल कलेजले प्रयोगमा ल्याएको उक्त मेसिनको मूल्य एक करोड पचास लाख रुपैया भन्दा बढी रहेको अध्यक्ष बतासले जानकारी दिए । मनिपाललाई उक्त मेसिन भारतको इमार्सिभ ल्याबले उत्पादन गरेको हो भने नेपालको लागि अधिकृत बिक्रेता धर्ती मेडीटेक रहेको धर्ती मेडीटेकका सेल्स एण्ड मार्केटिंग डाइरेक्टर रामशरण मल्लले गुरुकुल खबरलाई जानकारी दिए ।

कार्यक्रममा उक्त मेसिनको उत्पादक भारतको इमार्सिभ ल्याबका नेपाल अपरेसन इन्चार्ज र्हितिक राज र नेपाल मणिपाल मेडिकल कलेजको बेसिक साइन्स डाइरेक्टर डा. दिलास्मा घर्ती मगर र अस्पतालका प्रशासक सुनिल नायर लगायत विभिन्न विभागमा कार्यरत व्यक्तित्वहरुले आआफ्नो भनाई राखेका थिए।

तस्बिर – शिरोमणी बराल

सम्बन्धित समाचार ..

मणिपाल अस्पतालमा ‘न्युरो-नेभिगेसन’ मेसिनबाट उपचार शुरु, उपचारको निम्ति पोखरा बाहिर जानुपर्ने अबस्था अन्त्य गर्दैछौं- पौडेल

मणिपाल अस्पतालमा नयाँ सेवा थपिंदै, डिलक्स रुम संचालनमा, क्यान्सर कक्ष र अत्याधुनिक ल्याब छिट्टै

मणिपालमा तीज महोत्सबसंगै नृत्य प्रतियोगिता, ब्यबस्थापन र कर्मचारीको सम्बन्ध दरिलो हुने बिश्वास

मणिपाल अस्पतालको सेवा अन्तराष्ट्रिय स्तरको बनाउन पहल, संभवत नेपालकै ठुलो आइसीयु कक्ष संचालनमा

मणिपाल अस्पताल भन्छ, “पोखरा महानगरले अन्यायपुर्बक लगाएको डेढ करोड बढी कर पनि हामीले जिम्मेवार बनेर तिरेको हौँ”

११ चैत्र २०८१, सोमबार ००:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा