Play

वालिंग क्याम्पसमा स्ववियु निर्बाचन: अध्यक्षमा नेविसंघ र सचिबमा अनेरास्ववियुका उमेद्वार बिजयी

गुरुकुल खबर


पोखरा,  स्यांग्जाको वालिंग स्थित वालिङ बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा मिश्रित परिणाम आएको छ ।

युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार निराज श्रेष्ठले बिजय प्राप्त गरेपनि सचिवमा भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (अनेरास्ववियु)की बिना रेग्मी निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा नेविसंघका उम्मेदवार श्रेष्ठले ३ सय ७७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी अनेरास्ववियुका विष्णु पंगेनीले ३ सय ४२ मत ल्याएका थिए ।

सचिव पदमा विजयी अनेरास्ववियुकी बिना रेग्मीले ३ सय ६६ मत ल्याउँदा नेविसंघकी उमेद्वार ममता रेग्मीले २४ मत कम अर्थात ३ सय ४२ मत मात्र प्राप्त गरिन ।

उक्त क्याम्पसमा नेविसंघका उमेद्वारहरु नै बिजयी बन्ने बिश्वास नेपाली काँग्रेसका स्थानीय नेताहरुले गर्दै आएका थिए मंगलवार गुरुकुल खबर संग कुरा गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ र स्यांग्जा कांग्रेसका कार्यबाहक सभापति केदार काफ्लेले पनि नेविसंघका उमेदवारहरुको बिजय सुनिश्चित रहेको दाबि गरेका थिए ।

वालिंग क्याम्पस बाहिर नेविसंघको सम्पर्क कार्यालय अगाडी सामुहिक तस्बिर खिचाउदै नेपाली काँग्रेसका विभिन्न तहका नेताहरुसंगै नेविसंघका अध्यक्ष र सचिब पदका उमेद्वार एबम अन्य….।

५ चैत्र २०८१, मंगलवार २२:५७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा