Play

संस्कृति र पर्यटनलाई खेलसंग जोड्न मादी गाउँपालिकामा खुल्ला भलिबल प्रतियोगिता हुँदै, पांचलाख बढीको पुरस्कार

गुरुकुल खबर


  • शिरोमणी बराल / पोखरा

कास्कीको मादी गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर दोश्रो अध्यक्ष कप खुला वडास्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ। आइतबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी मादी गाउँपालिकाका अध्यक्ष देबिजंग गुरुंगले फागुन २७ देखि २९ गतेसम्म याङ्जाकोटमा प्रतियोगिता गर्ने जानकारी दिएका हुन।

५ सय ६३ बर्ग किमी क्षेत्रफलमा फैलिएको मादी गाउँपालिका पर्यटकीय दृष्टिकोणले मात्र नभएर सांस्कृतिक हिसाबले पनि महत्वपुर्ण मानिन्छ। नेपालको सबैभन्दा कम उचाईमा रहेको कहपुचे हिमताल, गुरुङ समुदायको प्राचिन बस्ति क्होलासोथर, नेपालको मध्यबिन्दु कोरी लगायत सिक्लेस, तांगतींग, यान्ग्जाकोट लगायतका पर्यटकीय गाउँको कारण मादी गाउँपालिका राष्ट्रियस्तरमा नै परिचित छ।

मादी गाउँपालिकाको संस्कृति र पर्यटनको सम्भावनालाई खेलकुदसंग जोड्ने उद्देश्यका साथ ‘खेल अभियान, पर्यटन र संस्कृतिको पहिचान’ भन्ने नाराका साथ गाउँपालिका स्थापना दिवसको अबसरमा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्न लागिएको अध्यक्ष गुरुंगको भनाइ थियो।

गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार विभिन्न कार्यक्रम गरी पालिका स्थापना दिवस मनाउन लागिएको गुरुङले जानकारी दिए । सोहि अबसरमा भलिबलसहित हाजिरी जवाफ र अन्य कार्यक्रम पनि गरिने उनले बताए । गुरुङले भने, ‘पालिकाको पर्यटकीय र धार्मिक क्षेत्रहरुको प्रचारप्रसार साथै संस्कृति आदानप्रदान गर्ने हेतुले माघ १५ गते बसेको बैठकले पालिका स्थापना दिवसको अवसरमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।’

उनले पहिलो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगिता पालिकास्तरीय भए पनि दोस्रो संस्करणमा खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । शान्त्वना पुरस्कार स्वरूप सेमी फाइनलमा प्रवेश गर्ने दुई टिमलाई ५०/५० हजार रुपैया र विधागतर्फ तर्फ उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार दिइने भएको छ । भलिबल प्रतियोगिता तयारीका लागि वडा नम्वर ११ का वडाध्यक्ष चलचित्र गुरुङको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ ।

स्थापना दिवसको अवसर पारेर पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकबीच हाजिरीजवाफ प्रतियोगिता समेत गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैया पुरस्कार पाउने छन् । शिक्षकहरुलाई उत्प्रेरणा जगाउने र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष सहित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिन लागेको हो

उक्त प्रतियोगिता हुने समयमा प्रतियोगिता हेर्न जाने दर्शक एबम पर्यटकहरुको लागि प्रतियोगिता अबधिभर होमस्टेमा एक हजार रुपैयाँको प्याकेजमा बिहान बेलुको खाना, बिहानको खाजा र राति सुत्ने व्यवस्था सहितको सुबिधा होमस्टेहरुले उपलब्ध गराउने छन ।

स्थापना दिवसका अवसरमा पालिकाको आफ्नो सेवा प्रभावलाई प्रभावकारी बनाउने, पालिकाको बृहत्तर हितका लागि योगदान दिने संघ, संस्था, व्याक्तिसहित उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, कृषक, उपभोक्ता समिति, टोल सुधार समितिलगायतलाई सम्मान गरिने कार्यक्रम तय गरिएको अध्यक्ष गुरुङले बताए । स्थापना दिवसको अबसरमा हुने कार्यक्रममा प्रत्येक वडाबाट स्थानीय स्तरमा प्रचलित साँस्कृतिक झाकी र स्थानीय कलाकारबाट गीत र नृत्य प्रस्तुत गरिने अध्यक्ष गुरुंगले जानकारी दिए ।

१९ फाल्गुन २०८१, सोमबार १३:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा