Play

माटोको ढिस्कोले पुरिएर पोखरामा मजदुरको मृत्यु: सडक खन्दा किअबैध ढुंगाखानीमा काम गर्दा ?

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. १९, तल्लाकोटमा सडक खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ (साविक आगिन्चोक गाविक वडा नं ८ सुनपोखरी) का ३१ बर्षीय नवीन बस्नेत छन् ।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार शुक्रबार बिहान करिब ८ बजे उक्त घटना भएको हो। सडकका लागि भित्तो काट्ने क्रममा माथिबाट ढिस्को खस्दा पुरिएर बस्नेत गम्भीर घाइते भएका थिए ।

प्रहरीले सडक खन्ने क्रममा माथिको ढिस्को खसेर दुर्घटना भएको बताए पनि केहि स्थानीयले भने उक्त स्थानमा अबैध तरिकाले ढुंगा खानि संचालन गरिएको र सोहि ढुंगाखानीमा काम गर्ने क्रममा एकजना मजदुरको मृत्यु भएको उल्लेख गरेको छन। गुरुकुल खबरलाई दिएको जानकारी अनुसार ढुंगाखानी अबैध भएको कारण सडक खन्ने मजदुर भनिएको दाबी उनीहरुको रहेको छ ।

उनलाई उद्दार गरी तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । उनको उपचारकै क्रममा करिब ९ः३० बजे मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।

मृतक बस्नेतको श्रीमती र एक छोरी रहेको बताइएको छ । उनी तीन भाइमध्ये माइला हुन् । उनका बयोवृद्ध आमा छन् भने बुबाको धेरै अघि निधन भइसकेको छ । उनी पछिल्लो समय धादिङ नीलकण्ठ नगरपालिका वडा नं. ८ मा बस्दै आएका थिए ।

घटनालगत्तै प्रहरीले आफन्तजनलाई खबर गरेपछि मृतकका दाइ होमबहादुर बस्नेत र अन्य आफन्तजन पोखरा आइपुगेका छन् । धादिङ पोखरा सम्पर्क समाजकी अध्यक्ष सरस्वती श्रेष्ठ सरूले आफन्तको सल्लाहमा क्षतिपूर्ति सम्बन्धमा समाजले अगुवाई गर्ने बताइन् ।

१६ फाल्गुन २०८१, शुक्रबार २२:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा