Play

इन्जिनियरहरुको लागि आयोजित ब्यबसायिक प्रशिक्षण कार्यशाला पोखरामा सम्पन्न

गुरुकुल खबर


पोखरा, नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साझेदारीमा इन्जिनियरहरूलाई लक्षित गरी दुई दिने व्यवसायिक कार्यशाला सम्पन्न भएको छ।

कार्यशालामा युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी फागुन ९ र १० गते दुई दिनसम्म इन्जिनियरहरुलाई भूमि सर्वेक्षणका लागि व्यवसायिक प्रशिक्षण सञ्चालन गरिएको थियो।

यसैगरी फागुन ११ र १२ गते सिभिल इन्जिनियर तथा आर्किटेक्चर अन्तिम वर्षका विद्यार्थीहरूका लागि पोखरा इन्जिनियरिङ्ग कलेजमा अर्को कार्यशाला सम्पन्न भएको थियो।

क्त कार्यक्रम सोसाइटी अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सीज् पोखरा (सेकोन), नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेश, सोसाइटी अफ नेपाली आर्किटेक्टस् (सोना), संघीय आयोजना कार्यान्वयन इकाई कास्की, नेपाल विद्युत् प्राधिकरण कास्की, र नापी कार्यालय कास्कीको प्राविधिक सहयोग तथा गण्डकी जीआईवारको आर्थिक सहयोगमा सम्पन्न गरिएको थियो।

कार्यक्रममा पोखरा इन्जिनियरिङ्ग कलेज, पश्चिमाञ्चल क्याम्पस, र स्कूल अफ इन्जिनियरिङ्ग पोखरा विश्वविद्यालयमा अध्ययनरत ६० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यशालाको समापनका अबसरमा बोल्दै एशोसिएसनका अध्यक्ष ई. सन्तोष जिसीले सहभागीलाई नगरपालिका नियमावली, घरायसी विद्युत् सुरक्षा, सम्पत्ति मूल्याङ्कन, सरकारी रङ कोड तथा भूमि सर्वेक्षण सम्बन्धी सीप अभिवृद्धि गर्न कार्यशालाले सहयोग पुगेको बताए।

एसोसिएसनका सदस्य ई. महेन्द्र पौडेलले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार कार्यशालामा नगरपालिका नियमावली सम्बन्धमा ई. किसान सिंह गुरुङ, सम्पत्ति मूल्याङ्कन सम्बन्धमा ई. राजेश भट्टराई, घरायसी विद्युत् सुरक्षा सम्बन्धमा ई. अजेश अखेली, नेपालमा वास्तुकलाको महत्त्वबारे आर्किटेक्ट लुना थापाले सहभागीलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रममा बर्जर पेन्ट्सका प्रतिनिधि बिजय सुवेदीले पेन्ट्स तथा सरकारी रङ कोडबारे जानकारी गराएका थिए। युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि सर्वेक्षण सम्बन्धमा ई. सुर्य अधिकारीले प्रशिक्षण दिएका थिए।

नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष ई. सन्तोष जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ई. विशाल थापा, सदस्यहरू ई. महेन्द्र पौडेल, ई. संजय राज तिमिल्सिना, ई. मनोज गिरी, ई. निरोज घिमिरे, ई. रोचक क्षेत्री लगायतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन एशोसिएसनका सचिव ई. निरोज लामिछानेले गरेका थिए।

१२ फाल्गुन २०८१, सोमबार २३:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा