पोखरा, पोखरा रंगशालामा फुटसल खेल्न गएका एक व्यक्तिको फुटसलको ड्रेस चेंजिंग रुमबाट मोबाइल र नगद चोर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
फुटसल खेल्न गएका एक युवाले आफ्नो कपडा चेन्ज गर्ने बेलामा चेंजिंग रुमबाट आईफोन सेट र केहि नगद समेत चोरी गरेर भागेका २३ बर्षीय प्रेम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
फागुन ६ गतेको दिन मोबाइल र नगद चोरीको घटना भएपनि फागुन ११ गतेमात्र प्रहरीले उनलाई पक्राऊ गरेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङजाको समन्वयमा स्याङजाको बिरुवा गाउँ पालिका-८ आरुखर्क घर भएका प्रेम गुरुङलाई संकास्पद अवस्थामा फेला पारी निजको शरीर तथा घरकोठा खानतलासी गर्दा चोरी भएका विभिन्न कम्पनीका १५ वटा मोवाईल, ४ वटा चार्जर र २ वटा ड्रोन क्यामेरा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरि अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।