Play

पिसिएमबाट स्नातक तह उत्तीर्ण बिद्यार्थीहरुको ‘ग्र्याजुएसन समारोह’

गुरुकुल खबर


पोखरा, पोखराको नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीहरूको ग्र्याजुएसन समारोह भएको छ। समारोहमा बीबीए र बीसीआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीले ठूलो र सकारात्मक सोच राख्दा जीवनमा ठूलो अवसर प्राप्त हुने र जीवन सुखमय बन्ने बताए । उनले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने यो यात्रा थप उचाइमा लैजान कलेजले निरन्तरता दिने विश्वास व्यक्त गरे।

कार्यक्रमका विशेष अतिथि पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले विद्यार्थीहरूलाई सीप विकास गर्न तथा देशमै बसेर अवसरहरूको अधिकतम फाइदा उठाउन प्रेरित गरे।

कार्यक्रममा विभिन्न विषय अध्ययनरत विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, उत्कृष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो।

विद्यार्थी प्रविना सुवेदीले लक्ष्मी विद्या पदक प्राप्त गरेकोमा विशेष सम्मान गरिएको थियो। डिन लिस्टका विद्यार्थीहरू बीबीएका मञ्जिल श्रेष्ठ, अञ्जिला सुवेदी, पूजा सिग्देल, सारा गुरुङ, गरिमा काफ्ले, निशिका श्रेष्ठ, लुना सापकोटा, यज्जु शक्य र बीसीआइएसका श्रद्धा श्रेष्ठलाई पनि विशेष सम्मान गरिएको थियो।

कलेजले हालसम्म १८ ब्याच विद्यार्थी उत्पादन गरिसकेको छ। १ हजार ९ सयभन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको कलेजले १ सय बढी डिन लिस्ट र १ दर्जन उपाधिप्राप्त पदक तथा सात जनाले विशेष पदक प्राप्त गरिसकेको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताइन् ।

विद्यार्थीका तर्फबाट बोल्दै अञ्जिला सुवेदीले कलेजमा बिताएका आफ्ना सम्झनाहरू स्मरण गर्दै  विद्यार्थीहरूलाई बधाई तथा शुभकामना र कलेज परिवारलाई धन्यवाद व्यक्त गरिन्।

क्याम्पस सञ्चालक समिति सदस्य बिनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपप्राचार्य दीपेन्द्र पहारीले गरेका थिए।

११ फाल्गुन २०८१, आईतवार ११:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा