Play

जिपले स्कुटरलाई ठक्कर दिंदा दुर्घटना, आमा मायाको मृत्यु, छोरा मनोज गम्भीर घाइते

गुरुकुल खबर


पोखरा, पोखराको सृजनाचोक र जिरोकिमीको बिच सडकमा बिहिबार बिहान भएको दुर्घटनामा घाइते भएकी पोखरा -११ फुलबारीकी माया गुरुंगको मृत्यु भएको छ जीपको ठक्करबाट माया गुरुङको उनका छोरा छोरा मनोज गुरुङ गम्भीर घाइते भएका छन्। मनोजले चलाएको स्कुटरमा उनकी आमा माया सवार थिइन ।

दुर्घटना पछि उपचारको लागि सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा लगिएकी ५६ बर्षीय मायाको अस्पतालमा उपचारकै क्रममा निधन भएको र छोरा २६ बर्षका मनोजको गम्भीर घाइते अबस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा सडक किनारमा रोकिराखेको ग७प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको छ।

बिहीबार बिहान करिब साढे एघार बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय नजिक दुर्घटना भएको थियो। सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग ३ च ८९७७ नम्बरको जीपले जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग १३ प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

जीप चालक स्याङ्जा हरिनाश गाउँपालिका-१ का २५ वर्षीय निर्मल गुरुङ सहित दुर्घटनामा परेका तीनवटा सवारी साधन वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

८ फाल्गुन २०८१, बिहीबार २२:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा