Play

मन्त्री पौडेल र मेयर आचार्यको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार शुरु, अबस्था खतरामुक्त (फोटो फिचर)

गुरुकुल खबर


पोखरा, पोखरा भ्रमण वर्ष- २०२५ को घोषणा समारोह चलिरहेका बेला भ्रमण वर्षको लोगो अनावरण गर्ने क्रममा बेलुनहरू पड्किदा घाइते भएका नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई उपचारको लागि काठमाडौँको किर्तिपुर स्थित वर्न हस्पिटलमा भर्ना गरिएको छ।

पोखरा भ्रमण बर्ष कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूसँग ठोकिन पुगेपछि बेलुनहरुमा आगलागी भई पड्किंदा उक्त दुर्घटना भएको थियो । हाइड्रोजन अत्यन्तै प्रज्ज्वलनशील पदार्थ मानिन्छ। निकै हल्का पदार्थ हुने भएकाले बेलुन उडाउन यसको प्रयोग हुन्छ।

दुर्घटनामा घाइते भएका प्रमुख अतिथि मन्त्री पौडेलको अनुहार र हात तथा महानगर प्रमुख आचार्यको देब्रे पट्टीको गाला र हातमा चोट लागेको थियो । दुबैजनालाई पोखरामा सामान्य उपचार गरेपछी थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको थियो दुवै जनाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीका अनुसार ‘ मन्त्री पौडेलको अबस्था र चोट सामान्य छ । तर, थप केही असर नपुगोस् भनेर एक पटक जाँच गराउन अस्पताल लगिएको हो ।’

शनिबार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण बर्षको उद्घाटनको लागि आयोजित  समारोहमा उद्घाटन स्वरुप बेलुनको झुत्तो उडाउनको लागि पोखराका मेयर आचार्यले मन्त्री पौडेललाई हस्तान्तरण गर्दा गर्दै नजिकै झिलझिल बालिएको आगोले टिपेको थियो। त्यही आगोले बेलुनको झुत्तो पड्किएर दुर्घटना भएको हो।

आगोले बेलुन टिपेपछि अर्थमन्त्री पौडेलले तत्काल मञ्चतर्फ दौडिएर कोट र टोपी फुकालेका थिए। उनका सुरक्षाकर्मीले तत्कालै शरीरमा कतै आगोका झिल्का छन् कि भनेर टकटक्याएका थिए। उद्घाटपछि हाइड्रोजन ग्यास भारिएको बेलुन उडाउन मेयर धनराज आचार्यले मन्त्री पौडेललाई अगाडिको रो मा बोलाएका थिए।

त्यसक्रममा उद्घाटनका बेलामा बालिएको बत्तीले बेलुनमा आगो सल्किएको हो। अर्थमन्त्रीका सचिवालयले पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी पौडेलको स्वास्थ्यमा केही असर परेको जनाएको थियो।

पोखरा महानगरपालिकाले शनिबार २०२५ वर्षलाई पोखरा भ्रमण वर्षका घोषणा गर्न मन्त्री पौडेल पोखरा आएका थिए। कार्यक्रममा संघीय पर्यटन मन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकीका पर्यटन मन्त्री मित्रलाल बस्याल लगायत उपस्थित छन्।

तस्बिर – विभिन्न संचार माध्यमबाट 

३ फाल्गुन २०८१, शनिबार १७:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा