पोखरा, पोखराको फेवातालमा संचालन हुने डुंगाका संचालक एबम ब्यबसायीहरुको संस्था फेवा डुंगा व्यवसायी संगठनको २९ औं साधारण सभा तथा १४ औं अधिवेशनले संस्थाको नयाँ कार्यासमिति निर्बाचित गरेको छ। अधिबेशनबाट अध्यक्ष पदमा बलराम गिरि निर्बाचित भएका छन् कार्यसमितिको अध्यक्ष र सह कोषाध्यक्ष बाहेक अन्य पदमा भने सर्बसम्मत भएको थियो।
प्राप्त जानकारी अनुसार निर्वाचनमा २४७ मत खसेकोमा अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा बलराम गिरीले १९० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विष्णुप्रसाद पहारीले ४५ मत मात्र प्राप्त गरेका थिए । सह–कोषाध्यक्ष पदमा तारा विक १५८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सोभित परियारले ६७ मत प्राप्त गरेको बुझिएको छ। १० मत भने बदर भएको जानकारी संगठनमा कार्यरत सबिना तिमिल्सिनाले गुरुकुल खबरलाई दिईन ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रुद्र भुजेल, सचिवमा शिव जिसी, कोषाध्यक्षमा बुद्धिनाथ पाण्डे, सह–सचिवमा धनबहादुर विक चयन भएका छन् । यसैगरि कार्यसमितिको सदस्यहरूमा हिरु पुन, बुद्धिबहादुर गुरुङ, शंकर गिरी, गंगा लामिछाने, आकाश नेपाली, विष्णु पहारी, बेदनिधि पहारी, फूलमाया पौडेल, सदानन्द श्रेष्ठ र दीपक बोगटी सर्बसम्मत निर्बाचित भएका छन ।
नवगठित कार्यसमितिका अध्यक्ष बलराम गिरीले संगठनलाई अझ सशक्त बनाउने र डुंगा व्यवसायीको हितमा रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् ।