Play

स्वास्थ्यमन्त्री पौडेलको उपस्थितिमा पोखरामा ‘क्यान्सर बिरुद्धको खोप अभियान’ शुरु

गुरुकुल खबर


पोखरा, पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान पोखरामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेका छन्। पोखरा महानगरपालिका वडा नं. १२ स्थित शीतलादेवी माध्यमिक विद्यालयमा बुधबार मन्त्री पौडेलको उपस्थितिमा खोप कार्यक्रम सुरु गरिएको हो।

नेपाल सरकारले देशव्यापी रूपमा सञ्चालन गरिरहेको यो अभियान अन्तर्गत पोखरा महानगरपालिकाका २३ हजार ७४८ बालिकालाई खोप प्रदान गरिने छ। फागुन ६ गतेसम्म चल्ने अभियानका लागि २७५ विद्यालय तथा ४७ वटा स्वास्थ्य संस्थामा खोप सेवा उपलब्ध गराइनेछ। अभियानमा ३४४ जना स्वास्थ्यकर्मी र ६८८ जना स्वयंसेवक परिचालित छन्।

विद्यालय तहका कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप दिइँदै छ।

नेपालमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि १० देखि १४ वर्षका किशोरीलाई खोप दिने, ३० वर्ष माथिका महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने तथा क्यान्सर रोग निदान भएकाहरूको नियमित उपचार गर्ने जस्ता प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२३ माघ २०८१, बुधबार २३:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा