Play

कास्की समाज अन्तराष्ट्रिय समितिमा विभिन्न मनोनयन, एनआरएनको महाधिबेशन पोखरामा गर्न प्रस्ताब

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको प्रेस सल्लाहकारमा पराजुली


गुरुकुल खबर


पोखरा, विश्वका विभिन्न मुलुकमा कास्की जिल्लाबाट गएर स्थायी वा अस्थायीरुपमा बसोबास गर्दै आएका कस्केलीहरुको खोजि गर्ने र आफ्नो जन्मथलो कास्कीलाई समृद्ध बनाउने लक्षका साथ स्थापन गरिएको कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको हालै सम्पन्न बैठकले गैर आवाशीय नेपाली संघको एकता महाधिबेशन कास्की जिल्लाको पोखरामा आयोजना गर्न आग्रह गर्ने निर्णय गरेको छ।

गैर आवाशीय नेपाली संघ एनआरएनको महाधिबेशनको लागि शेष घलेको संयोजकत्वमा एक समिति बनाएर तयारी अगाडी बढ्न लागेको बर्तमान अवस्थामा उक्त महाधिबेशन पोखरामा गर्नको लागि कास्की आदर्श समाजका अग्रजहरु र एनआरएनको अभियानमा जोडिएकाहरु अनि राष्ट्रिय समिति मार्फत प्रस्ताब सहित अनुरोध गर्ने निर्णय भएको समाजका अध्यक्ष शिब बानियाले गुरुकुल खबरलाई जानकारी दिए ।

बैठकले परिषदको संरक्षकमा क्यानाडाका डा. किस्मत भण्डारी, सल्लाहकार संयोजकमा नेदरल्याण्डका हिमाल गुरुङ, सल्लाहकारहरुमा जर्मनीका मानवकुमार श्रेष्ठ, मकाउका पूर्णबहादुर गुरुङ, दक्षिण कोरियाका प्रबिण गिरि, हंगकंगकी रिता गुरुङलाई मनोनित गर्ने निर्णय गरेको महासचिब केदार कुँवरले जानकारी दिए ।

महासचिब कुँवरका अनुसार कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको प्रेस सल्लाहकारमा कास्की पोखराका गंगाधर पराजुलीलाई मनोनित गर्ने निर्णय गरिएको छ। बिगत तिन दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील पराजुली नेपाल सरकार, संचार तथा सूचना प्रबिधि मन्त्रालय अन्तर्गत न्युनतम पारिश्रमिक निर्धारण समितिको पूर्व अध्यक्ष र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पूर्व उपसभापति समेत हुन्। उनले विभिन्न संचार संस्थामा रहेर काम गरिसकेका छन भने विभिन्न संस्थामा समेत आबद्ध छन ।

यसैगरी परिषदको केन्द्रीय सदस्यहरुमा जापानका हरिविनोद अधिकारी र पोर्चुगलका देबेन्द्र गिरिलाई मनोनित गर्ने निर्णय गरेको  महासचिब केदार कुँवरले गुरुकुल खबरलाई जानकारी दिए।

परिषदको यस अगाडी सम्पन्न बैठकले संरक्षक परिषदमा विश्वराज वास्तोला (अमेरिका), तिलकशाली सापकोटा (नेपाल), शिव प्रसाद पौडेल (जापान), दुर्गा प्रसाद सुवेदी (बेल्जियम), केदारनाथ ढुंगाना (स्पेन), विमल सुवेदी (कतार) लाई मनोनित गर्ने निर्णय गरेको थियो।

यसैगरि परिषदको सल्लाहकार समितिमा निरज थापा (नेपाल), रामचन्द्र अधिकारी (अमेरिका), अमृता (कन्चन) थापा (चाइना), गुप्त शेखर पौडेल (यूएई), गोविन्दराज पहारी (नेपाल), मनोज कुमार सैंजु (यूएई), विकास श्रेष्ठ (जापान) , भूवानी प्रसाद तिमिल्सीना (यूएई), टेक गुरुङ (अमेरिका) , गणेशराज पहारी (नेपाल), सन्तोष पहारी (अमेरिका), प्रकाशलाल श्रेष्ठ (नेपाल), हेमराज बराल (अमेरिका) , कृष्ण गिरि (डेनमार्क) , देवेन्द्र कुँवर (यूके) , बल बहादुर कार्की (स्पेन), पुष्प केसी (स्पेन), डा. रमिल अधिकारी (न्युजिल्याण्ड), डिल्लीराम भण्डारी (बेल्जियम), डा. मुकुण्द वास्तोला (यूके) लाई मनोनित गर्ने निर्णय पनि बैठकले गरिसकेको छ।

समाजको कानुनी सल्लाहकारमा बरिष्ठ अधिबक्ता कृष्णप्रसाद तिमिल्सिना, प्रबक्तामा रमेश खत्री (क्यानाडा), सचिबमा पुजा शाह (नेपाल), युवा संयोजकमा पोर्चुगलका सबिन पौडेल, केन्द्रीय सदस्यमा कतारका प्रकाश बिश्वकर्मा, स्पेनकी गंगादेवी शर्मा र पोर्चुगलका अर्जुन भण्डारीलाई मनोनित् गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले परिषदका केन्द्रीय सदस्य प्रकाश बिश्वकर्मा दलित एकता संजाल कतारको हालै सम्पन्न अधिबेशनबाट अध्यक्ष पदमा र आजिबन सदस्यहरु अमृत बिश्वकर्मा र ऋषिराम बिश्वकर्मा  संजालको महासचिब र सचिब पदमा निर्बिरोध निर्बाचित भएको भन्दै बधाई ज्ञापन गर्ने निर्णय गरेको छ।

यसैबीच नेपालमा रहेको समाजको कार्यालय पोखरा – ५ मालेपाटनमा स्थानान्तरण गरिएको छ समाजका उपाध्यक्ष सन्तोष तिमिल्सिना र कोषाध्यक्ष बिकास अधिकारीका अनुसार पहिले पोखरा -२६ मा रहेको कार्यालय अब पोखरा -५ मालेपाटनमा स्थानान्तरण गरिएको हो।

२३ माघ २०८१, बुधबार १८:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा