Play

ट्रेड युनियनकर्मी तेजप्रसाद रिजालको निधन

गुरुकुल खबर


पोखरा, नेपाल ट्रेड युनियन कांग्रेसको राजनीतिमा लामो समय देखि क्रियाशील स्यांग्जाका तेजप्रसाद रिजालको शनिबार राती निधन भएको छ। स्यांग्जाको वालिंग नगरपालिका -४ केराबारी घर भएका रिजाल नेपाल एम्ब्रोइडरी तथा ह्याण्डीक्राफ्ट संघको अध्यक्ष थिए नेपाल ट्रेड युनियन काँग्रेसमा आबद्ध उक्त संघको स्थापनाकाल देखि नै रिजालले अध्यक्षको जिम्मेवारी लिएका थिए। उनको उमेर करिब ५० वर्ष रहेको ट्रेड युनियन कांग्रेस कास्कीका पूर्व अध्यक्ष कुलदेबी बरालले जानकारी दिईन ।

लामो समय देखि काठमाडौँमा बस्दै आएका रिजाल आफ्नो घर स्यांग्जामा शुक्रबार आयोजना गरिएको एकाहा पुजामा सहभागी हुन काठमाडौँबाट घर आएका थिए। पुजा सकेर परिवारका सदस्यहरुसंग बसेका रिजालको शनिबार राति करिब दुई बजे हार्टएट्याकको कारण निधन भएको बुझिएको उनका छिमेकी टंक खनालले गुरुकुल खबरलाई जानकारी दिए ।

रिजालका दुई भाई उमाकान्त रिजाल र घनश्याम रिजालको साथै श्रीमती र एक छोरा र एक छोरी रहेका छन । भाई घनश्याम रिजाल यस क्षेत्रका लोकप्रिय कलाकार एबम नेपाली काँग्रेसमा सक्रिय छन भने अर्का भाई उमाकान्त रिजाल विभिन्न संघ संस्थामा सक्रिय छन।

२० माघ २०८१, आईतवार ०९:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा