Play

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलको सेमिफाइनलमा जोरपाटी र गार्डेन एफसी, ब्रदरहुड र झम्सीखेल भिड्ने

गुरुकुल खबर


पोखरा, पोखराको टुंडिखेलमा जारीअन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत ४० वर्ष उमेर समूहतर्फ सेमिफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा गार्डेन एफसी, झम्सीखेल, जोरपाटी काठमाडौं र ब्रदरहुड काठमाडौं अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन ।

गार्डेन एफसी र झम्सीखेल बिहीबार नै सेमिफाइनलमा प्रवेश गरेका थिए भने जोरपाटी र ब्रदरहुड शुक्रबार भएको क्वाटरफाइनल खेलबाट विजयी बन्दै अन्तिम चारमा स्थान बनाएको क्लबका महासचिव मनकाजी गुरुङले जानकारी दिए।
उनका अनुसार जोरपाटी काठमाडौंले ताकामी काठमाडौंलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्याे । जोरपाटीको जीतमा विकास राई र विकास श्रेष्ठले समान १/१ गोल गरे । उक्त खेलबाट रञ्जित लामा म्यान अफ द म्याच घोषित भए ।

अर्काे खेलमा नागसोती हेटौंडालाई ब्रदरहुडले ३–० गोल अन्तरले पराजित गर्याे । ब्रदरहुडको जीतमा बुद्धराज लिम्बु, हर्कराज गुरुङ र अंकुर कुमार खड्गीले समान १/१ गोल गरेका थिए । सो खेलबाट भेषराज लिम्बु म्यान अफ द म्याच घोषित भए ।

सेमिफाइनल खेल शनिबार हुने भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेल जोरपाटी र गार्डेन एफसीबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल ब्रदरहुड काठमाडौं र झम्सीखेल ललितपुरबीच हुनेछ ।

यस्तै ५० वर्ष उमेर समूहतर्फ ४ वटा खेल र ६० वर्ष उमेर समूहतर्फ २ वटा खेल पनि शनिबार शुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख, उपविजेताले १ लाख रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उप विजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित आयोजना गरिएको उक्त  प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।

१८ माघ २०८१, शुक्रबार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा