Play

कविता : म घुमाउनेको पुल

गुरुकुल खबर


 शिर्षक –  म घुमाउनेको पुल 

  • बिष्णुबहादुर अधिकारी 

म घुमाउनेको पुल
के थियो मेरो भूल ?

गोविन्दराज आए ,रामचन्द्र आए
म त सधै झुलेको झुल्यै
म घुमाउनेको पुल
के थियो मेरो भूल ?

चुनाव आउँदा मलाई सम्झने
अरु बेला भूल
दशकौं बित्दा पनि बन्न नसकेको
म घुमाउनेको पुल ।

सुरेश आए ,शंकर आए
आए बहादुर झुल
चुनाव आउँदा सम्झने
अरु बेला भूल ।

हुरी जस्तै आए आशा ,किरण र कृष्णकुमार
सम्झना समेत भएन
पटक–पटक योजना आयोगको
कुर्सीमा बस्दा डा. जगदिशलाई समेत वास्ता भएन

म घुमाउनेको पुल
के थियो मेरो भूल ?

वाग्ले अनि कैनी पनि आए गए
उनको पनि भयो भूल
अझैसम्म बन्न नसकेको
म घुमाउनेको पुल

केन्द्रमा स्वर्णिम अनि प्रदीप, प्रदेशमा आले, श्रेष्ठ र चुमान
हेदैछु ,म घुमाउनेको पुल
चौरासीको चुनावको पखाईमा पनि
होला जस्तो छ ठूलो भुल

म घुमाउनेको पुल
के थियो भन्नु परयो मेरो भूल ।

  • व्यास –१ ,गल्बुवेशी, तनहुँ 

११ माघ २०८१, शुक्रबार १२:१० मा प्रकाशित
Nabintech