Play

सुदुर पश्चिम डिआईजी कार्यालयको डिजिटल बोर्डमा ‘आई लभ यु चित्रा’

गुरुकुल खबर


कैलाली,  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय (डिआईजी कार्यालय) धनगढीको मुख्य गेटमा रहेको डिजिटल बोर्डमा    ‘आई लभ यू चित्रा’ डिस्प्ले भएको छ। ह्याकरले उक्त बोर्ड ह्याक गरि ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेको बताइएको छ।

प्रहरी कार्यलयको बोर्डमा त्यस्तो सन्देश देखिएपछि त्यसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ।

प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई अनुशासनहीनता र गैरजिम्मेवारीपूर्ण भन्दै आलोचना गरेका छन्।

यसअघि पनि विभिन्न स्थानमा डिजिटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका थिए। तर, प्रहरी कार्यालयजस्तो संवेदनशील संस्थाको बोर्ड ह्याक हुनु भने दुर्लभ र गम्भीर घटना मानिएको छ।

प्रहरीले साइबर सुरक्षालाई अझ सुदृढ बनाउन र यस्ता घटनालाई रोक्न आवश्यक कदम चाल्ने जनाएको छ।

२९ पुष २०८१, सोमबार २१:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा