Play

रबि लामिछाने आइतबार मात्र काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालत हाजिर नहुने भएका छन्। अब लामिछाने आइतबारमात्रै जिल्ला अदालत काठमाडौंमा हाजिर हुने भएका हुन्।

रास्वपाका नेता दीपक बोहराका अनुसार सभापति लामिछाने आइतबार बिहान जिल्ला अदालत काठमाडौंमा हाजिर हुनेछन्।

‘रवि दाइका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौंतर्फ जाने क्रममा हुनुहुन्छ,’ बोहराले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुनु हुनेछ।’

कास्की जिल्ला अदालतले सुर्यदर्शन सहकारीको मुद्दामा सभापति लामिछानेलाई बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा पनि मुद्दा छ। सभापति लामिछाने गत कात्तिक २ गते पक्राउ परी पुस २५ गते कास्की अदालतबाट धरौटीमा छुटेका थिए।

२६ पुष २०८१, शुक्रबार २१:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा