Play

नेतृत्वको आलोचनापछि कांग्रेसको संसदीय दलमा जिम्मेवारी बांडफांड, सचेतकमा बराल

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस गण्डकी प्रदेश सभाको संसदीय दलको सचेतकमा प्रदेश सांसद प्रकाश बराललाई चयन गरिएको छ। बुधबार साँझ सम्पन्न कांग्रेसको प्रदेश संसदीय दलको बैठकले बराललाई सचेतक बनाउने निर्णय गरेको हो।

लामो समयको प्रतिक्षा पछि कांग्रेसले दलको सचेतकको जिम्मेवारी तोकेको हो। उनी कास्की निर्वाचन क्षेत्र नम्बर ३ को १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेर प्रदेश सांसदमा निर्बाचित बरालले १२ हजार ३ सय ६७ मत पाएका थिए भने एमालेका पहारीले ११ हजार ९ सय २ मत पाएका थिए ।

संसदीय दलका नेता समेत रहेका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले संसदीय दलको पदाधिकारीहरु नियुक्त गर्न नसकेको भन्दै सांसदहरुबाट र बाहिरबाट समेत आलोचना बढिरहेको थियो प्रदेश सभामा निर्बाचित भएको दुई वर्ष पूरा भइसक्दा समेत कांग्रेस संसदीय दलले पूर्णता पाउन नसकेको भन्दै नेतृत्वको आलोचन स्वयम् सांसदहरुबाट हुने गरेको थियो।

जबकी नेकपा एमाले लगाएतका दलले पहिले नै संसदीय दलमा आबश्यक जिम्मेवारी बांडफांड गरिसकेका थिए। नेकपा एमाले गण्डकी प्रदेशको प्रमुख सचेतकमा गोबिन्द नेपाली र सचेतकमा देवका पहारीले पहिले बाट नै जिम्मेवारी लिएर काम गरिरहेका छन।

नेपाली काँग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे प्रदेशको मुख्य मन्त्री भए पनि उनले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने नन्दप्रसाद न्यौपानेलाई संसदीय दलको प्रमुख सचेतक र कास्कीबाट प्रतिनिधित्व गर्ने बिन्दुकुमार थापालाई संसदीय दलको उपनेता बनाउने बाहेक अरु कसैलाई पनि जिम्मेवारी दिएका थिएनन ।

बुधबार पोखरामा भएको कांग्रेस संसदिय दलको बैठकले संसदीय दल कार्यसमितिलाई पूर्णता दिने क्रममा दलको कोषाध्यक्षमा अशोककुमार श्रेष्ठ र सदस्य सचिवको जिम्मेवारी सरस्वती अर्याल तिवारीले पाएकी छन् । दलको कार्यसमिति सदस्यमा कल्पना तिवारी, दीपेन्द्रबहादुर थापा, दीलमाया पौवि, द्रोणकुमार कुँवर र रेखा गुरुङ चयन भएका छन् ।

यसैगरी दलको बैठकले जितप्रकाश आलेको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरेको छ । उक्त समितिको सदस्यमा सरस्वती गुरुङ र नम्दु गुरुङ लाई चयन गरिएको नबनियुक्त सचेतक प्रकाश बरालले जानकारी दिए ।

२५ पुष २०८१, बिहीबार १३:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा