Play

ठगीको अभियोगमा पोखराका सोनीक क्षेत्री र अछामका जगत डोली पक्राउ

गुरुकुल खबर


पोखरा,  कास्की प्रहरीले पोखरा राईडर्स क्लबका अध्यक्ष सोनीक क्षेत्री र जगत डोलीलाई ठगीको अभियोगमा पक्राउ गरेको छ।

गत बर्षको चैत २३ र २४ गते पोखरा राईडर्स क्लबको नामबाट आयोजना गरिएको “पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४” मा सहभागी खेलाडी र बिजेताहरु मध्ये केहि ठगिएको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको बुझिएको छ ।

पोखरा राईडर्स क्लबले पोखराको बाम्दीमा संचालन गरेको “पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४” खेलमा प्रत्येक खेलाडीबाट दर्ता शुल्क बापत भन्दै १७ हजार रुपैया संकलन गरेको र प्रतियोगी खेलाडीहरु मध्ये प्रथम हुने खेलाडीलाई एक लाख ५० हजार रुपैया पुरस्कार स्वरूप दिने भनिएकोमा बिजेतालाई पुरस्कारको रकम समेत नदिई सम्पर्क बिहिन भएपछि क्षेत्री र डोली बिरुद्द प्रहरीमा उजुरी परेको थियो ।

पिडितको जाहेरी पश्चात यहि पुष २१ गते उनीहरु दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त खेलका संचालक तथा निर्देशक रहेका अछाम जिल्लाको सिउडी गाउँपालिका -१ घर भई हाल पोखरा महानगरपालिका -६ जरेबर बस्ने ३१ बर्षीय जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष रहेका कास्की जिल्लाको पोखरा महानगरपालिका- ५ प्रस्याङ बस्ने २९ बर्षका सोनिक क्षेत्रीलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।

दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगि सम्बन्धि कसुरमा सात दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको बुझिएको छ ।

२२ पुष २०८१, सोमबार १८:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा