Play

राष्ट्रिय बाणिज्य बैंकका पूर्व क्षेत्रिय प्रबन्धक शर्मालाई मातृशोक

गुरुकुल खबर


पोखरा, लामो समय बैंकिंग क्षेत्रमा संलग्न रही हाल पोखराको नयाँबजार निवासी श्यामकुमार शर्मालाई मातृशोक परेको छ।

शर्माकी आमा भारती शर्माको ९९ बर्षको उमेरमा निधन भएको हो । पोखरा महानगरपालिका -९ नयाबजार घर भएकी शर्माको आइतबार दिउँसो आफ्नै निवासमा निधन भएको थियो।

स्व. शर्माको अन्त्येष्टी भने सोमबार बिहान पोखराको सेतीनदिको तुलसीघाटमा गरिएको थियो।

शर्माको परिवारसंग निकट रहेकी एबम छिमेकी उर्मिला बस्नेतले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार स्व. आमा कुनै गम्भीर किसिमको रोगका कारण भन्दा पनि उमेरको कारण केहि बर्षदेखि अशक्त जस्तै बन्नुभएको थियो।

पर्बत जिल्लाको फलेवास नगरपालिका -४ मुडिकुवाबाट पोखरा आईबसेका श्यामकुमार शर्मा लामो  र उनकी धर्मपत्नी सावित्री कुमारी शर्मा लामो समय राष्ट्रिय बाणिज्य बैंकमा काम गरेर सेवा निवृत्त भएका हुन।

श्यामकुमार शर्मा राष्ट्रिय बाणिज्य बैंकको पूर्व क्षेत्रिय प्रबन्धक समेत हुन ।

( आमाका साथमा छोरा श्याम कुमार शर्मा गौडेल र बुहारी सावित्री शर्मा )

२२ पुष २०८१, सोमबार १२:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा