Play

संचार उद्यमी एबम पोउबासंघका पूर्व उपाध्यक्ष देब क्षेत्रीलाई मातृशोक

गुरुकुल खबर


पोखरा,  पोखरा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष, पोखराका युवा ब्यबसायी एबम संचार उद्यमी देब क्षेत्रीलाई मातृशोक परेको छ।

पोखराको बिपी चोक, न्युरोड निबासी ७९ बर्षीय कमला क्षेत्रीको आइतबार दिउँसो आफ्नै निवासमा निधन भएको हो । उनि लामो समयदेखि बिरामी परेपछि पोखरा र काठमाडौँ लगायतका स्थानका अस्पतालमा उपचार गरिएको थियो।

पछिल्लो समय पनि उनको उपचार काठमाडौँमा गरेर केहि दिन अगाडी मात्र पोखरा ल्याईएको पोखरा उद्योग बाणिज्य संघका कोषाध्यक्ष एबम देबका छिमेकी मनोज कुमार श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए ।

उनको आइतबार नै पोखराको रामघाटमा अन्त्येष्टी गरिएको थियो । स्व. कमलाका श्रीमान् एबम देब समेतका बुवा भक्तबहादुर क्षेत्रीको करिब चार बर्ष अगाडी निधन भएको थियो स्व क्षेत्री पोखराका पुराना संचार व्यवसायीको रुपमा स्थापित थिए।

देब क्षेत्री पोखराको माछापुच्छ्रे एफएम र पोखराको आँगन स्विट्सका संचालक हुन भने उनका भाईहरु शिशिर क्षेत्री र बसन्त क्षेत्री सहित परिवारले बिसी केबल लगायत अन्य ब्यबसायिक प्रतिष्ठानहरु संचालन गरिरहेका छन।

  (आमा कमला क्षेत्रीको साथमा छोराहरु बसन्त देब र शिशिर क्षेत्री) 

२२ पुष २०८१, सोमबार १२:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा