Play

‘सरकारमा बस्ने समकालीन नेताले बीपीको नीति अनुसार काम गरे राजनीति प्रतिको बितृष्णा कम हुन्छ’

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस गण्डकी प्रदेशले ४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसर पारेर मंगलबार पोखरामा प्रवचन कार्यक्रम आयोजना गर्यो । आफ्नो ज्यानको समेत पर्वाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बिपी कोइराला स्वदेश फर्किने निर्णय गरेपछि करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग्दै बीपीसँगै गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायत नेता–कार्यकर्ता भारतबाट नेपाल फर्किएको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।

गण्डकी प्रदेशमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेपाल कम्युनिष्ट एकीकृत समाजवादी, जनमोर्चा नेपाल, जनता समाजवादी लगायतका पार्टीका नेताहरुको उपस्थितिमा बिपी कोइरालाले अबलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नितीका बारेमा बक्ताहरुले चर्चा गरेका थिए ।

आफूमाथि मृत्युदण्डका आठ–आठवटा मुद्दा चलिरहँदा पनि स्वदेश फर्कने निर्णय गरेर जननेता बीपी कोइरालाले साहसको उच्च उदाहरण प्रस्तुत गरेको भन्दै बक्ताहरुले समकालिन नेताहरु र सरकारमा बस्नेहरु बिपीको नीतिबाट प्रेरित हुनसके नेपालको राजनीति प्रति हाल बढ्दै गएको बितृष्णा कम हुने कुरामा जोड दिए।

‘विभिन्न पार्टीका नेताहरुको दृष्टिमा एकता र मेलमिलाप’ विषयक प्रवचन कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राष्ट्रियता र प्रजातन्त्रका लागि वीपीले अगालेको मेलमिलापको नीति अझैपनि सान्दर्भिक रहेको बताए ।  “राष्ट्रियताको सवालमा मात्र नभएर  बिपी कोइरालाले नेपाली जनताको जीवनस्तर उकास्न गर्नुभएको योगदानको चर्चा गरेरै साध्य छैन।” शर्माले भने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रियता र प्रजातन्त्र स्थापित गर्नकै लागि बीपीले तत्कालीन राजासँग मेलमिलाप गरेको बताए । “राष्ट्रियता र प्रजातन्त्र कमजोर भएको अवस्थामा वीपीले मेलमिलापको नीति लिनुभएको हो । “मेलमिलापको नीतिका कारण हामी जनमत संग्रह हुँदै लोकतान्त्रिक गणतन्त्रसँगसम्म आइपुगेका छौ।” पाण्डेले भने

नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले राष्ट्रियता जोगाउन ठूलो जोखिम मोल्नु भएको बताउँदै अहिले पनि उहाँको योगदानलाई भुल्न नसकिने उल्लेख गरे । राजनीतिक अस्थिरताका कारण देश अराजकतातर्फ जान लागेकै कारण अहिले दुई ठुला दल मिलेर सरकार गठन गरेको अधिकारीले बताए ।

नेकपा (एकीकृत समाजवादीं) का केन्द्रीय सचिव श्रीनाथ बरालले वीपीले अगालेको बाटोलाई दलहरुले अगाल्दै जाने हो भने नेपालमा धनी र गरीव बीचको खाडल कम हुँदै जाने बताए। त्यति बेलाको समयमा प्रवासमा बसेकै बेला राष्ट्रियता र प्रजातन्त्र प्रति चिन्तित वीपीको मेलमिलाप नीतिबाट नै आज हामी यहाँसम्म आइपुगेको उनले चर्चा गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री पञ्चराम गुरुङले मुलुक बचाउन फुटेर हैन जुटेर जानुपर्छ भन्ने नीति लिएकै कारण वीपी राजनीतिमा सफल भएको बताउँदै देशको ठूलो पार्टी नेपाली कााग्रेसले प्रजातन्त्र र देशप्रति माया गर्ने दलहरुलाई समेटेर अगाडि वढ्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय जनमोर्चाका नेता शंकर बरालले राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि वीपी कोइराला दुरदर्शी नेताको रुपमा चिनिर्दै आएको बताउँदै लोकतन्त्र नै खतरामा पार्ने गरी ल्याइएको संघीयता खारेज गर्नुपर्नेमा जोड दिए ।

नेपाल समाजवादी पार्टीका नेता किरण थापाले राष्ट्रियता भूगोलमा मात्र नभएर नेपाली जनताले पनि अनुभूति गर्नु पाउनु पर्ने बताए । वीपीको मेलमिलाप नीतिलाई ठूला पार्टीले त्यति महत्व नदिएको उनले बताए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले समापन गरेको उक्त कार्यक्रमको संचालन प्रवक्ता माधवप्रसाद बास्तोलाले गरेको जानकारी नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवं प्रचारप्रसार उपसंयोजक शिरोमणि बरालले दिएका छन ।

१६ पुष २०८१, मंगलवार २०:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा