Play

कास्कीको घान्द्रुकमा जीप दुर्घटना, एकको मृत्यु, छ जना घाइते

गुरुकुल खबर


पोखरा, कास्कीको पोखराबाट कास्कीकै पर्यटकीय गाउँ घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने अन्य छ जना घाइते भएका छन। पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको सोहि वडाका वडाध्यक्ष गौतम गुरुङले जानकारी गुरुकुल खबरलाई जानकारी दिए  ।

अन्नपूर्ण गाउँपालिका वडा न. १० घान्द्रुकको बतासे डांडामा जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्करपियो जीप आज बिहिबार दिउँसो दुर्घटनामा परेको हो।

घाइते मध्ये ४ जनाको सिम्रिक एयरमार्फत उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिएका छन ।

स्करपियो दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जना महिलाको मृत्य भएको एक स्थानीयले बताए । जीपमा सात जना सवार रहेको बताइएको छ।

४ पुष २०८१, बिहीबार १८:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा