Play

पार्टीको नीति र बिचारलाई अध्यावधिक र रुपान्तरण गर्दै अघि बढ्नुपर्छ – कांग्रेस नेता साउद

एजेन्डा उठाउन सक्ने एज भएको नेताको रुपमा शर्मालाई पाए- डा. डीला संग्रौला


गुरुकुल खबर


  • शिरोमणी बराल / पोखरा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पूर्व मन्त्री एनपी साउदले नेपाली काँग्रेसलाई शसक्त र पार्टीका गतिबिधि तिब्र बनाउनको लागि पार्टीको नीति र बिचारलाई अध्यावधिक गर्दै अगाडी बढ्नुपर्ने बताएका छन। नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता साउदले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, समाजवादको फ्रेमवोर्क भित्र रहेर पार्टीको नीति र बिचारलाई अध्यावधिक र रुपान्तरण गर्दै जानुपर्ने कुरामा जोड दिए।

‘कुनै पनि पार्टी संगठन बिचारले बनेको हुन्छ।,  बिचारलाई फ्रेम्वोर्किंग गर्ने कुरा नीतिले गर्छ र नीति अनुसार कार्यक्रम आउँछन।’ उनले एउटा घरमा परिवारका सदस्यहरुको फरक दृष्टिकोण आए जस्तो पार्टीमा पनि विभिन्न दृष्टिकोण आउने गरेको स्पष्ट पारे।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले आफ्नो नीति र सिद्दान्त त्यागेको, पार्टीमा सुद्धिकरणको बिषय ओझेलमा परेको, संबिधानमा धर्म निरपेक्ष लेखेर धार्मिक स्वतन्त्रताको खिल्ली उडाइएको कारण पार्टी कमजोर बन्दै गएको भन्दै बिगतमा कांग्रेसकै नेताले कम्युनिस्टको मोर्चा बनाइदिनुपर्ने अबस्था रहेकोमा अहिले चुनाब लड्दा समेत कांग्रेसलाइ कम्युनिस्ट नै चाहिने अबस्था भएको भनाई राखेपछि साउदले पहिलेको नीति र विचारलाइ अध्यावधिक र रुपान्तरण गर्दै अगाडी बढ्नुपर्ने बताएका हुन्।

“कुनै पनि परिबर्तन एकै किसिमको हुँदैन, समय अनुसार बिचार, नीति र कार्यक्रममा पनि परिबर्तन ल्याउन  सक्नुपर्छ, समय अनुसार चल्न सकेकोले नै हाम्रो पार्टी बलियो बनेको छ।” साउदले बिचारमा कम्प्रोमाइज नगरिकन निश्चित फ्रेम्वोर्क भित्र रहेर पार्टी संगठन बलियो बनाउनु जरुरी रहेको बताए ।

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. डीला संग्रौलाले राजनीतिको लागि एजेन्डा र एज दुवै आबश्यक रहेको भन्दै कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मालाई एज र एजेन्डा उठाउने नेताको रुपमा आफुले पाएको बताइन। उनले आजकै दिन अर्थात पुष १ गते तत्कालिन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाई अपदस्थ गरेर शासन सत्ता आफ्नो हातमा लिएको बताउंदै अहिले कांग्रेस सहित एमालेको सरकारले जनताका अपेक्षा पुरा गर्न नसक्दा दुख लागेको स्पष्ट पारिन।

पार्टी भित्र सहि मान्छे सहि ठाउँमा पुग्न सके पार्टीमा सुद्धिकरण, रुपान्तरण र पुस्तान्तरण समेत सम्भव हुने संग्रौलाको भनाई थियो। उनले पार्टीमा बैचारिक धार भन्दा ब्यक्तिबादी धार बलियो बन्दै गएको भन्दै चिन्ता प्रकट गरिन।

अर्का केन्द्रीय सदस्य गोबिन्द बहादुर शाहले पार्टी संगठनमा नेता नेता बीच वा कार्यकर्ता कार्यकर्ता बिचको मतभेद घटाउनुपर्नेमा जोड दिए। उनले गण्डकी प्रदेशको सभापति शुक्रराज शर्मालाइ आंफुले पार्टी संरचना बनाउन सक्ने, कार्यकर्तालाई प्रशिक्षित गर्न सक्ने र बिरोधीहरुलाई पनि संगै लिएर हिड्न सक्ने नेताको रुपमा पाएको भन्दै प्रशंशा गरे।

कार्यक्रममा प्रदेश सभापति शुक्रराज शर्माले पार्टी बलियो बनाउन आबश्यक रहेको भन्दै पार्टीले नीति र सिद्दान्त त्याग्न नहुनेमा जोड दिएका थिए।

यसैबीच नेपाली काँग्रेसका नेताहरु एनपी साउद, डा. डीला संग्रौला र गोबिन्द बहादुर शाह सहितका नेताहरु कास्की कांग्रेसको कार्यालयमा समेत पुगेर कार्यकर्ताहरुसंग अन्तरक्रिया गर्नुको साथै आफ्नो बिचार समेत प्रकट गरेको बुझिएको छ।

१ पुष २०८१, सोमबार १७:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा