पोखरा, नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला एबम प्रतिष्ठान अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्बाचन अन्तर्गत शुक्रबार भएको मतदानको मतगणना जारी छ। विभिन्न जिल्लाको मतगणनाको परिणाम अनुसार अधिकांश जिल्लामा नेकपा एमाले र नेपाली काँग्रेस निकट पत्रकारका संस्थाहरु प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको गठबन्धनका उमेद्वार बिजयी भएका छन। केहि स्थानमा भने अप्रत्याशित परिणाम समेत आएको छ गुरुकुल खबरलाई प्राप्त विभिन्न जिल्लाको परिणाम यसप्रकार रहेको छ ।
कास्कीमा बराल
नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । शनिवार बिहान सम्पन्न मतगणना अनुसार बराल निकटतम प्रतिस्पर्धी राजेन्द्र अधिकारीभन्दा ९ भोट अन्तरले विजयी भएका हुन् ।
बरालको १०५ र अधिकारीको ९६ मत आएको निर्वाचन समितिले जनाएको छ । कास्कीको निर्वाचनमा २०५ मत खसेको थियो । बराल युनियन र चौतारी प्यानलका उम्मेदवार हुन् भने अधिकारी विपक्षी प्यानलका हुन् । अन्य पदहरूमा पनि युनियन चौतारी प्यानलकै उम्मेदवारको वर्चस्व छ ।
उपाध्यक्षमा माधव रेग्मी ९० मतका साथ विजयी हुँदा श्रीराम सिग्देलले ७७ मत र कमल पौडेलले ३५ मत पाए ।
उपाध्यक्ष महिलामा कन्चन थापा १ सय ९ मतका साथ विजयी भइन भने बिनकुमारी थापाले ८७ मत पाइन । सचिवमा भुपाल गुरुङ १ सय २ मतका साथ विजयी हुँदा सन्देश श्रेष्ठले ९८ मत पाए ।
सहसचिव (समावेशी) मा धनबहादुर गुरुङ सुमन १ सय २६ मतका साथ विजयी भए । दिलप्रसाद गुरुङले ७२ मत पाए ।
सहसचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर विजयी हुँदा श्रीभद्र पौडेलले ८० मत ल्याए ।
कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतका साथ विजयी भए । सुरेश अधिकारीले ८० मत पाए ।
सदस्य (महिला) मा कविता कविता घर्तीमगर १ सय १ मतका साथ विजयी हुँदा देविका तामाङ देविका तामाङले ९४ मत ल्याइन् । सदस्य दलितमा सुरेश सुनार १ सय ४३ मत पाएर विजयी भए सन्तोष परियारले ५१ मत ल्याए ।
सदस्यहरुमा अर्जुन गाहा सुशान्त (१५१), गौरव त्रिपाठी (१४३), राजु गिरी (१३२), बालकुमारी पौडेल (१२९), सन्तोष सुवेदी (१२८), रिखिराम जिसी (११७०), तुलसीराम सुवेदी (१०७), निराजन अधिकारी (१०६) र पुष्पराज दाहाल (१०४) विजयी भएका छन् ।
शुक्रबार मुलुकभरका ७६ जिल्लामा भएको मतदान अन्तर्गत कास्कीमा २ सय ५ मत खसेको थियो । यहाँ २ सय २० सदस्य छन् ।
सदस्यका अरु उम्मेदवारले पाएको मत
दीपक श्रेष्ठ : १०३, सन्दीप पौडेल :१०३ , विष्णु गौतम : ८८, चिरञ्जीवी पौडेल : ८२
राष्ट्रिय परिषद् सदस्य:
आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट): १२४, दिननाथ बराल: ११६, कृष्णमणि बराल: १०९ , भरत कोइराला : १०८, राजबहादुर गुरुङ: १०८
पर्वतमा सापकोटा
नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा २ जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।
समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमा) विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक निर्वाचित भए ।
महासंघका सदस्यमा संगीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा चुनिए ।
पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन भए भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन भए । अध्यक्ष सापकोटा राष्ट्रिय समाचार समिति (रासस)को पर्वत प्रतिनिधि हुन् ।
सिन्धुपाल्चोकमा दंगाल
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा दंगाल अध्यक्षमा निर्वाचित भएका हुन् । दंगाल प्रेस युनियन सिन्धुपाल्चोकका पूर्वअध्यक्ष हुन् ।
म्याग्दीमा गौतम र मुस्तांगमा रसाइली
नेपाल पत्रकार महासंघ म्याग्दी र मुस्ताङ शाखाका पदाधीकारी तथा कार्यसमिति सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि म्याग्दीमा हरिकृष्ण गौतम र मुस्ताङमा सुनदेवी रसाइलीको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको हो ।
म्याग्दी शाखाको उपाध्यक्षमा दलप्रसाद बिक अमित, अमृतप्रसाद पौडेल, सचिवमा ठाकुरप्रसाद आचार्य, कोषाध्यक्षमा साधन राम्जाली, सदस्यमा कमल खत्री र राकेश शर्माको मात्र उमेद्वारी परेकाले निर्विरोध भएको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले बताए । यसैगरी केन्द्रीय परिषद् सदस्यमा विनोद धौलागिरी चयन भएका छन् ।
मुस्ताङको उपाध्यक्षमा तृष्णा गौचन, महिला उपाध्यक्षमा फुलकुमारी नेपाली, सचिवमा आदित्य रसाइली, सहसचिवमा सरस्वती ल्वागुन, हिस्मत नेपाली र कोषाध्यक्षमा निरज थकाली निर्वाचित भएका छन् । सदस्यमा बसन्त पौडेल, पेमा छोतेन गुरुङ, केन्द्रीय परिषद् सदस्य चन्द्रेश्वर बस्ताकोटी र प्रदेश परिषद् सदस्यमा लक्ष्मी पौडेल चयन भएको निर्वाचन अधिकृत भिमबहादुर रसाइलीले बताए ।
तनहुँमा अधिकारी
नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डिपी) विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनबाट ३३ मत प्राप्त गरी अध्यक्षमा अधिकारी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नारायण खड्काले ११ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।
खुला उपाध्यक्षमा प्रताप राना ३० मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी सानेबहादुर नेपालीले ११ मत पाए । सचिवमा कृष्णचन्द्र न्यौपाने २६ मत प्राप्त गरी निर्वाचित हुँदा स्मिता खनालले १६ मत प्राप्त गरिन् ।
सहसचिव खुलामा ऋषिकान्त दुवाडी ३० मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी विनोद ढुङ्गानाले १३ मत प्राप्त गरे ।
यसअघि महिला उपाध्यक्षमा सम्झना रसाइली, सहसचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा, महिला सदस्यमा सुनिता आचार्य, सदस्य दलितमा मुना कालिराज विके, सदस्य आदिवासी जनजातिमा चित्र गुरुङ, सदस्य अन्य समावेशीमा रामशरण नेपाली, खुला सदस्यहरुमा राजेश्वर हड्खले ३०, उपेन्द्र खनाल ३५, विष्णु गौतम ३६, विकास खनाल ४१ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी अशोक विश्वकर्माले ११ मत प्राप्त गर्नुभएको छ ।
संघीय परिषद् सदस्य खुल्लामा प्रदीप काफ्ले, संघीय परिषद् सदस्य समावेशीमा राजकुमार श्रेष्ठ (बिबी), प्रदेश परिषद् सदस्य खुल्लामा शङ्करराज नहर्की, प्रदेश परिषद् सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद् सदस्य (महिला) मा सुनिता थापा निर्विरोध निर्वाचित भए ।
पाल्पामा तिमिल्सिना
नेपाल पत्रकार महासङ्घ पाल्पा जिल्ला शाखाको अध्यक्षमा कमलराज तिमिल्सिना निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको हो ।
कार्यसमितिको अन्य पदमा निर्विरोध भएको छ । निर्वाचनमा सचिवमा रामचन्द्र रायमाझी र दलित सदस्यमा हरिबहादुर विक निर्वाचिन भएका छन् ।
उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने (खुल्ला), बन्दना पोखरेल (समावेशी), कोषाध्यक्षमा विजय बौडेल, सहसचिवमा दुर्गेश मल्ल (खुल्ला), दानबहादुर हिस्की (समावेशी), सदस्यहरुमा सुनिल कार्की, दयाराज न्यौपाने, नेत्र गैरे, दिपक ढुंगाना, सुशीला रेग्मी, धनबहादुर ठाडा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै केन्द्रीय परिषद सदस्यमा यज्ञमुर्ति तिमिल्सिना, सीतादेवी डोटेल र राजेन्द्र लिगल, प्रदेश परिषद सदस्यमा कृष्णप्रसाद पोखरेल, दिपक भट्टराई, पवित्रा घिमिरे र इमानसिंह राना निर्विरोध निर्वाचित भएका छन् ।
मोरङमा पाठक
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित भएकी छन् । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले एक १७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गरेकी छन् ।
उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले ८२–८२ वराबर मत प्राप्त गरेका छन् । साथै सचिवमा नेत्र पी अधिकारी, सहसचिवमा रेवतीरमण निरौला, सहसचिव समावेशीमा श्यामसुन्दर सुतिहार र कोषाध्यक्षमा कौशल निरौला विजयी भएका छन् ।
महिला सदस्यमा उषाकुमारी सरदार, दलित सदस्यमा तिलक नेपाली, आदिवासी जनजाती सदस्यमा विद्यानन्द चौधरी, मधेशी सदस्यमा सुनिल यादव र अन्य समावेशी सदस्यमा डुमरलाल मेहता, निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । शाखाको खुला सदस्यहरुमा अनुज सापकोटा, ईश्वर दुलाल, कुमार खड्का, बाबुराम निरौला, मुकेशकुमार यादव र रोशन पोखरेल विजयी भएका छन् ।
केन्द्रीय परिषद् सदस्यमा महिलामा चिना थापा, समावेशीमा रुपेन्द्र शेर्मा, खुलातर्फ बिक्रम लुईटेल, सुभाष कार्की र तेजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।
सुनसरीमा काफ्ले
नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिका लागि शुक्रबार धरानमा सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेन, सचिवमा पर्शुराम बाह्रकोटी, सह–सचिवमा विकल रेग्मी, सह–सचिव सदस्यमा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा बिबेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले जानकारी दिए ।
यस्तै, केन्द्रीय परिषद् सदस्य महिलातर्फ शुभद्रा प्याकुरेल र समावेशी जनजातीतर्फ नरबहादुर लिम्बु (प्रदिप मेन्याङ्व) निर्विरोध निर्वाचित भएका छन् ।
रसुवामा पौडेल
नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन भएका छन् ।
नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भए ।
यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने तथा केन्द्रीय परिषद्द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन हभएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिए । यहाा तेत्तीस मतदाता रहेकामा ३१ मत मात्र खसेको थियो ।
ताप्लेजुंगमा आचार्य
नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको आठौँ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
शुक्रबार सम्पन्न अधिवेशनले आर्चायलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरिएको निर्वाचन समितिका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिए।
यस्तै उपाध्यक्षमा सन्तोष पुर्कुटी र महिला उपाध्यक्षमा सङ्गीता कार्की चयन भएका छन । सचिवमा कृष्ण फुरुम्बो लिम्बू, सहसचिवमा साहारा लंवा लिम्बू र मनमाया लिम्बू (मनु), तथा कोषाध्यक्षमा मदन गौतम निर्वाचित भएको संयोजक पौडेलले बताए ।
कार्यसमितिको सदस्यहरूमा सुनिता रसाइली, किरण विक, तरुण भारती, रञ्जना गुरुङ, दिलकुमार फेम्बो, तेन्जिङ शेर्पा, टीकामाया यक्सो र एलिना दियाली रहेका छन। यसैगरी प्रदेश परिषद् सदस्यमा दिनेश लिङखिम, सुर्यकुमार लिम्बू (आलोक) र केन्द्रीय परिषद् सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास) निर्वाचितभएका छन। प्रतिनिधिबीच सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो ।
सङ्खुवासभामा शाक्य
नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुल्ला दुर्गामणि पौडेल,समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिष विष्ट निर्विरोध निर्वाचितभएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए ।
यसैगरी सदस्यमा सुरेन शाक्य,खेवाहाङ मेवाहाङ,दुर्गा बहादुर कटुवाल र जनक चापागाईँ निर्वाचित भएका छन् । प्रदेश परिषद् सदस्यमा गंगा विष्ट,समिक्षा मगर,माधव सुवेदी र ध्यान बहादुर राई निर्विरोध निर्वाचित भए । यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहनकुमार राई निर्विरोध निर्वाचित भएका छन् ।
रौतहटमा कार्की
नेपाल पत्रकार महासङ्घ रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की विजयी भएका छन्। शुक्रवार सम्पन्न निर्वाचनको प्रकाशित अन्तिम मत परिणाम अनुसार कुल १५ मत ल्याएर कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
नेपाल प्रेस युनियनका उम्मेदवार कार्की निकटतम प्रतिद्वन्द्वी द्वय प्रेस चौतारी नेपालका उम्मेदवार उत्तम कुमार उपाध्याय र प्रेस मञ्चका रवीन्द्र प्रसाद साहलाई तीन तीन मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
उपाध्याय र साहले १२–१२ मत प्राप्त गरेका थिए । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार समाजवादीका मदन ठाकुर (धनञ्जय) ले मात्र ६ मत प्राप्त गरे ।
उपाध्यक्षमा प्रेस सेन्टरका उम्मेदवार डिल्ली बहादुर कार्कीले १८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्प राज यादवले ११ मत ल्याएका थिए।
शाखा सचिवमा प्रेस चौतारीका गौतम श्रेष्ठ २६ मत ल्याएर निर्वाचित भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राकेश यादवले १७ मत ल्याएका छन् । सह(सचिवमा खुला तर्फ जीतेन्द्र श्रीवास्तव २४ मत र समावेशी तर्फ दिनेश यादवले २६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा सञ्जय कुमार सहनी २४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । यस अघि नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको केन्द्रीय पार्षदमा चौतारीका, शैलेन्द्र गुप्ता, प्रदेश पार्षदमा चौतारीका रमेश तिम्सिना, शाखाको महिला उपसभापतिमा चौतारीकी बिना श्रीवास्तव महिला खुला तर्फ रश्मि पटेल, झल कार्की, पुरुष खुला तर्फ उमेश यादव र आदिवासी जनजाति बाट प्रकाश श्रेष्ठ लगायत निर्विरोध निर्वाचित भएका थिए।
शुक्रवार सम्पन्न निर्वाचनमा मतदाता लाई प्रभावमा पार्न अनेक जालझेल गरिएको थियो। नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको नेतृत्वको लागि शुक्रवार भएको निर्वाचनमा शत प्रतिशत कुल ४५ मत खसेको थियो।
पर्सामा खनाल
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा नयाँ कार्यसमितिको उपाध्यक्षमा भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालले जानकारी दिए । सचिव पदमा विजय चौहान, सहसचिव समावेशी पदमा एसके चौरसिया, सहसचिव खुला पदमा अजयकुमार चौरसिया विजयी भएका छन् ।
कोषाध्यक्ष पदमा सञ्जीवकुमार मिश्र निर्वाचितभए। त्यस्तै महिला सदस्य पदमा कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजितकुमार भुजेल र मधेसी सदस्यमा आरोहण साह निर्वाचित भएका छन् । अन्य समावेशी सदस्यमा प्रकाशकुमार तिवारी पनि विजयी भए । खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा निर्वाचित भए।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु निर्वाचित भएका छन् । पर्सा शाखामा एक सय ६७ मतदाता भए पनि एक सय ६१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
भक्तपुरमा सुन्दर
नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला नवीना खर्बुजा श्रेष्ठ, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, समावेशी सहसचिवमा सहसचिव हरिसुन्दर छुँका, कोषाध्यक्षमा रामगोपाल तमखू निर्वाचित भए ।
त्यसैगरी सदस्य सिर्जना खतिवडा, मनोजकुमार फुँयाल, मणिराम लामिछाने, नारायण थापा, सुदर्शन आचार्य, रामसुन्दर खाइजु, राजकुमार लामिछाने, पुष्पाकुमारी साउद, केशवप्रसाद तिमिल्सिना, सदस्य दलितमा अंजिरसिंह विक, सदस्य आदिवासी जनजाति निशा कुस्मा र रेणु त्वानाबासु, निर्वाचित भएका छन् ।
केन्द्रीय परिषद् सदस्यमा रमेश गिरी, पेशल आचार्य, पूर्ण दुवाल र जीवन ढुङ्गाना विजय भएको निर्वाचन अधिकृत बालमुकुन्द सुवावलले जानकारी दिए ।
ललितपुरमा कार्की
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टरका रामहरि कार्की निर्वाचित भएका छन् । कार्कीले २४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले जम्मा ६३ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् ।
सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् ।
यसैगरी राष्ट्रिय परिषद् सदस्यमा अञ्जली तामाङ, देवीदत्त पौडेल, वासुदेव श्रेष्ठ, सागर देवकोटा, पदम बिक, राजकुमार सिग्देल र राजुकुमार नेपाल निर्वाचित भएका छन् ।
रुकुम – पूर्वमा बसन्त
नेपाल पत्रकार महासङ्घ रूकुम–पूर्वको शाखा अध्यक्षमा बसन्त बाँठा निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा बाँठाको प्यानल विजय भएको हो । कूल ३३ मत खसेकोमा १७ मत प्राप्त गरेर बाँठा अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी सर्जना कार्कीले १५ मत प्राप्त गरेका छन् ।
त्यस्तै खुला उपाध्यक्षमा बालाराम शेर्पाली निर्वाचित भएका छन् । प्रतिस्पर्धी उर्मिला गौतमलाई पराजित गरेर शेर्पाली खुला उपाध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पालीले १८ मत प्राप्त गर्दा गौतमले १४ मत प्राप्त गरेकी छन् । महिला उपाध्यक्षमा जमुना गौतम, सचिवमा निराजन शेर्पाली र कोषाध्यक्षमा सावित्रा खत्री यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
यस्तै खुला सहसचिवमा वीरस थापा निर्वाचित भएका छन् । प्रतिस्पर्धी चेतकुमार विसीलाई पराजित गरेर थापा निर्वाचित भएका हुन् । थापाले १७ मत प्राप्त गर्दा विसीले १४ मत प्राप्त गरेका छन् । त्यसैगरी समावेशी सह सचिवमा बरम बुढा निर्वाचित भएका छन् । बुढाले प्रतिस्पर्धी दिलचन पुनलाई पराजित गरेका छन् । बुढाले २० मत प्राप्त गर्दा पुनले ११ मत प्राप्त गरेका छन् ।
लोकप्रसाद बुढाथोकी, बिकास बुढामगर, श्रीधर खड्का, र सामना घर्तीको खुला सदस्यमा निर्वाचित भएका छन् । जनजाति सदस्यमा वीरप्रताव बुढा तथा दलित सदस्यमा शिखर विश्वकर्मा निर्वाचित भएको हो ।
महिला सदस्य हिरा बुढामगर, केन्द्रीय परिषद् सदस्य बसम मल्ल तथा लिङ्कन गौतमको निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । कूल ३४ मतदाता पत्रकार मतदाता रहेको जिल्लामा ३३ मत खसेको थियो भने एक मत बदर भएको थियो ।
मकवानपुरमा अधिकारी
नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको अध्यक्षमा बाल कृष्ण अधिकारी निर्वाचित भएका छन् । प्रेस युनियन र प्रेस चौतारी एलायन्सबाट उम्मेदवार बनेका उनले ४५ मत प्राप्त गरेर ३ वर्षका लागि निर्वाचित भएका हुन्।
नयाँ नेतृत्वका लागि हिजो भएको मतदानबाट अधिकारीले प्रेस सेन्टरबाट अध्यक्षका उम्मेदवार बनेकी अञ्जली थापालाई ९ मतान्तरले पराजित गर्दै अधिकारी पत्रकार महासङ्घ मकवानपुरका अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिकारीले ४५ मत प्राप्त गर्दा सेन्टरबाट उम्मेदवार बनेकी अञ्जली थापाले ३६ मत मात्र प्राप्त गरेका थिए। त्यसैगरी अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका पोष्टराज अधिकारी (कुमार) ले २० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सुरेश श्रेष्ठले ३ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपाध्यक्षमा धुर्व्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५५ प्राप्त गर्दा गणेश दर्पण अधिकारीले ४९ मत प्राप्त गरेका थिए । यस्तै महिला उपाध्यक्षमा प्रेस सेन्टरकी भावना रिजाल निर्वाचित भएकी छिन् । उनले ५५ मत ल्याउदा युनियन चौतारीकी साझा उम्मेदवार बनेकी प्रतीक्षा न्यौपानेले ४४ मत पाइन् ।
महासङ्घ सचिवमा सेन्टरबाट इन्द्र प्रसाद बन्जारा (रमेश) दुलाललाई हराउँदै केशव समर्पण सुवेदी विजयी बनेका छन् । सुवेदीले ७३ मत प्राप्त गर्दा बन्जाराले ३१ मत प्राप्त गरे। त्यसैगरी सहसचिव (खुल्ला) मा शिव प्रसाद चौलागाईं विजयी भएका छन् । विश्वराम अधिकारीलाई ३६ मतले पछि पार्दै चौलागाईंले चुनाव जितेका हुन् । उनले ६५ मत प्राप्त गर्दा अधिकारीले ३९ मत पाए । यस्तै,सहसचिव समावेशीमा सन्नु रिजाले ५८ मत प्राप्त गरी रुपा गुरुङलाई हराएकी हुन्। गुरुङले ४० मत प्राप्त गरिन्।
त्यस्तै, सदस्यहरूमा सरोज पौडेल ६५, रविन ढुङ्गा ५९, श्रीराम अर्जुन दाहाल ५७, श्यामलाल दुलाल (गणेश) ५३, सुमन दुलाल ५२, अनिल मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै सदस्य महिलामा स्मीता अर्जेल (४८) र सदस्य आदिवासी जनजाति सदस्यमा सानुमाया गुरुङ (४९) मधेसीमा मनिल महतो निर्विरोध निर्वाचित भएका छन् । सदस्य दलितमा संजीव विक (४७) मत सहित निर्वाचित भएकी छिन्।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा नवराज शर्मा र सुजन विडारी निर्वाचित भएका छन् । शर्माले ५१ मत र विडारीले ४५ मत ल्याई निर्वाचित भएका हुन । प्रदेश परिषद् सदस्यमा ६ जना र दलित केन्द्रीय परिषद् सदस्यमा १ जना यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
झापामा गिरि
नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन । अन्तिम मत परिणामअनुसार गिरि एक सय ३१ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिए । अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाए । सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित भएका छन।
यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भएका थिए । महासङ्घको समावेशी सहसचिवमा तिलक योञ्जन एक सय ११ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गरे । कोषाध्यक्षमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गरे।
महासङ्घको २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा एक सय १२, सन्तोष शर्मा एक सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई एक सय १०, खुला सदस्यमा अस्मिता साँखी एक सय ४८, इशा प्रधान एक सय ३५, स्वस्तिका आचार्य एक सय ३३, विनोद पाण्डे एक सय ३३, सुदीप अधिकारी एक सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी एक सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित भएका छन् ।
पत्रकार महासंघ झापा शाखामा दुई सय २० सदस्य रहेकामा दुई सय पाँच जनाले मतदान गरेका थिए । २० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।
सोलुखुम्बुमा दर्नाल
नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा राससकर्मी सुवास दर्नाल विजयी भएका छन।
शुक्रबार बेलुका सम्पन्न मतगणनाअनुसार प्रेस युनियनका दर्नाल प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन । निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गरेका छन।
खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा र सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित भएका छन।
१३ वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय दर्नाल राष्ट्रिय समाचार समिति (रासस)का सोलुखुम्बु संवाददाता हुन । उनि हिमाल एफएम सोलुखुम्बुका प्रबन्धक पनि हुन । सोलुखुम्बुमा प्रेस युनियनले १७ वर्षपछि जित हासिल गरेको हो ।
महोत्तरी शाखामा महेश दास
नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित भएका छन । दासले ३२ मत र उनका प्रतिस्पर्धी सन्तोष सिंहले २९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, उपाध्यक्षमा अरविन्दकुमार झा, महिला उपाध्यक्षमा आशाकुमारी तोलाङ्गी, सचिवमा रामनारायण महतो, सहसचिवमा दीपककुमार पाण्डे, सहसचिव समावेशीमा शर्मिला घिमिरे, कोषाध्यक्षमा राजीवकुमार राय कुर्मी, निर्वाचित भएका छन ।
महासङ्घको समावेशी तर्फ सदस्यमा ममता विश्वकर्मा, रजनी कुमारी, निरञ्जन साह, विष्णु गुप्ता र खुला सदस्यमा उषा आचार्य, जीवनराज दाहाल, टेकप्रसाद पोखरेल, निरुताकुमारी चौधरी, विनयकुमार यादव, रञ्जित कापर, रामबाबु यादव र सरस्वती लामा निर्वाचित भएका छन ।