Play

कांग्रेस पोखरा -१३ का सभापति माधव र कांग्रेस नेता रामजी सिग्देललाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस पोखरा महानगरपालिका -१३ का सभापति माधव सिग्देल एबम तत्कालिन आर्वा बिजय गाबिस वडा न. ४ का वडाध्यक्ष समेत रहेका कांग्रेस नेता रामजी सिग्देललाई मातृशोक परेको छ । काँग्रेस नेता सिग्देलकी आमा बिष्णुमाया सिग्देलको ८३ बर्षको उमेरमा सोमबार निधन भएको हो।

तत्कालिन आर्वा बिजय गाबिस -४ घर भएकी बिष्णुमाया सिग्देलको स्थानीय संघसंस्था र सामाजिक गतिविधिमा समेत योगदान रहेको छ । उनले मोहरपानी आदर्श टोल बिकास संस्थाकी संस्थापक सदस्य भएर पनि काम गरेकी थिईन ।पछिल्लो समय जेठा छोरा रामजी सिग्देलको पोखरा महानगरपालिका -७ मासवार स्थित घरमा बस्दै आएकी सिग्देलको सोहि ठाउँमा निधन भएको हो ।

स्व. सिग्देलका दुई छोरा रामजी र माधवको साथै मैया लामिछाने, लक्ष्मी बराल, गङ्गा सापकोटा र जमुना बराल गरि चार छोरीहरु रहेका छन । जेठा छोरा रामजी नेपाली काँग्रेसको राजनीतिमा युवाअबस्था देखि नै क्रियाशील छन यसका साथै उनि सिग्देल बन्धु पुञ्ज ब्यबस्थापन तथा सरक्षन समिति पोखरा -१३ का उपाध्यक्ष समेत हुन।

स्व बिष्णुमाया सिग्देलकी कान्छी बुहारी लक्ष्मी सिग्देल नेपाल शिक्षक संघ पोखरा महानगर समितिकी पूर्व सदस्य समेत हुन् भने क जेठी बुहारी गङ्गा सिग्देल हुन।

धार्मिक एबम सामाजिक व्यक्तित्व बिष्णुमायाको निधनपछि उनको पोखरा -१३ पाटनबेशी स्थित निवासमा स्व. सिग्देल प्रति श्रद्दान्जली अर्पण गर्न र परिबारजनमा समबेदना प्रकट गर्न नेपाली काँग्रेस लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु तथा अन्य बिभिन्न संघ संस्था र क्षेत्रसंग सम्बन्धित व्यक्तित्वहरु जाने क्रम जारी रहेको छ।

२२ मंसिर २०८१, शनिबार २१:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा