Play

पोखरामा खेलकुदको विकासका लागि आबश्यक पूर्वाधार तयार गर्ने मन्त्री चौधरीको प्रतिबद्दता

गुरुकुल खबर


पोखरा, युवा तथा खेलकुद मन्त्री एवम् नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले पोखरामा खेलकुदको बिकासको लागि आबश्यक पुर्वाधार तयार गर्न आफ्नो तर्फबाट पुर्ण सहयोग रहने बताएका छन। “पोखरामा खेलप्रेमीहरुको उत्साह पनि त्यत्तिकै देखिन्छ तसर्थ पोखरालाई खेलकुदको माध्यमबाट विकास गर्ने  खेलकुद मन्त्रालयले पुर्वाधार बिकास लगायतका काममा ध्यान दिनेछ।” खेलकुद मन्त्री चौधरीले बुधबार पोखरामा नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रचार विभागद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।

मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको जानकारी दिए उनले युवा लक्षित कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेको समेत स्पष्ट पारे । युवालाई ऋण सहयोग गरि स्वरोजगार बनाउने र रोजगारी समेत सिर्जना गर्न विभिन्न कार्यक्रम अगाडी सारिएको जानकारी उनले दिए।

अधिकतम युवाहरू लाभान्वित हुनेगरी नेपाल स्काउट मार्फत प्रत्येक पालिकामा विभिन्न तालिम संचालन गरेर युवाहरूको क्षमता अभिबृद्धि गर्ने तर्फ मन्त्रालयले पहल गरिरहेको बताए ।

मङ्सिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा आएको नतिजा काँग्रेसका लागि सन्तोषजनक रहेको बताउँदै उनले  सबै एकजुट भएर पार्टी संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा जसले टिकट पाए पनि उसलाई सबै मिलेर सहयोग गर्ने वातावरण तयार गर्न सके नेपाली काँग्रेस कमजोर नहुने उनको भनाई थियो ।

नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्य एबम प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको सभापतित्वमा भएको कार्यक्रमको संचालन बिभागका सदस्य पदम श्रेष्ठले गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

१९ मंसिर २०८१, बुधबार १९:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा