पोखरा, पोखरा महानगरपालिका -१७ ड्यामसाइड क्षेत्रका युवाहरुको संस्था ड्यामसाईड क्लब पोखराको १७ औं बार्षिक साधारण सभा तथा १३ औं अधिबेशन सम्पन्न भएको छ।
अधिबेशनले रमेश प्रसाद बराललाई आगामी कार्यकालको लागि क्लबको अध्यक्षमा र्निविरोध चयन गरेको छ। बराल अन्य विभिन्न संघ संस्थामा पनि संलग्न छन् उनि एम्नेस्टी इन्टरनेसनल समूह -८२ पोखराको पूर्व संयोजक समेत हुन।
१३ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पुजन थकाली, उपाध्यक्षमा नितीन शेरचन(किरण), महासचिवमा राकेश श्रेष्ठ, सचिवमा प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापालाई चयन गरिएको छ। क्लबको नया समितिको सदस्यहरुमा सुनील हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्भीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर पनि र्निविरोध भएका छन ।
नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भइसकेको बताउंदै नेपालको खेलकुद क्षेत्रको बिकासमा स्थानीय स्तरमा संचालित क्लबहरुको योगदान महत्वपुर्ण रहेको उल्लेख गरे।
फुटबल खेलको बिकासमा योगदान पुर्याउने मुख्य उद्देश्य राखेर करिब तिन दशक अगाडी स्थापना भएको ड्यामसाईड क्लबले खेलकुदसँगै सामाजिक कार्यमा पनि सक्रियता देखाउंदै आएको संस्थाका महासचिब राकेश श्रेष्ठले जानकारी दिए।
क्लबको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम भने यहि मंसिर २९ गते शनिबारको दिन गरिने भएको छ।