Play

ड्यामसाईड क्लब पोखरामा नयाँ समिति, अध्यक्षमा बराल

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -१७ ड्यामसाइड क्षेत्रका युवाहरुको संस्था ड्यामसाईड क्लब पोखराको १७ औं बार्षिक साधारण सभा तथा १३ औं अधिबेशन सम्पन्न भएको छ।

अधिबेशनले रमेश प्रसाद बराललाई आगामी कार्यकालको लागि क्लबको अध्यक्षमा र्निविरोध चयन गरेको छ। बराल अन्य विभिन्न संघ संस्थामा पनि संलग्न छन् उनि एम्नेस्टी इन्टरनेसनल समूह -८२ पोखराको पूर्व संयोजक समेत हुन।

१३ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पुजन थकाली, उपाध्यक्षमा नितीन शेरचन(किरण), महासचिवमा राकेश श्रेष्ठ, सचिवमा प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापालाई चयन गरिएको छ। क्लबको नया समितिको सदस्यहरुमा सुनील हिराचन, प्रकाश गुरुङ,  सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्भीर परियार, प्रकाश गुरुङ  र मिराज थापामगर पनि र्निविरोध भएका छन ।

नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भइसकेको बताउंदै  नेपालको खेलकुद क्षेत्रको बिकासमा स्थानीय स्तरमा संचालित क्लबहरुको योगदान महत्वपुर्ण रहेको उल्लेख गरे।

फुटबल खेलको बिकासमा योगदान पुर्याउने मुख्य उद्देश्य राखेर करिब तिन दशक अगाडी स्थापना भएको ड्यामसाईड  क्लबले खेलकुदसँगै सामाजिक कार्यमा पनि सक्रियता देखाउंदै आएको संस्थाका महासचिब राकेश श्रेष्ठले जानकारी दिए।
क्लबको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम  भने यहि मंसिर २९ गते शनिबारको दिन गरिने भएको छ।

१६ मंसिर २०८१, आईतवार १८:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा