Play

पोखराको प्राइम सहकारी ठगीको आरोपमा एमालेका नेता श्रेष्ठ जेल चलान

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारीको रकम ठगि गरेको  प्रकरणमा थप एक जनालाई पक्राउ गरि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जेल चलान हुनेमा तनहुँ व्यास नगरपालिका वडा नंम्बर १० बस्ने वर्ष ५६ का शंकर नारायण श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी बसन्त कुमार शर्माले बताए ।

श्रेष्ठ नेकपा एमाले तनहुँका प्रभावशाली नेता समेत हुन। उनि नेकपा एमाले बिभाजनताका अर्को पार्टीमा प्रवेश गरेको भएपनि पछिल्लो समय उनि नेकपा एमालेमै फर्किएका थिए ।

उनलाई मंसिर ८ गते पक्राउ गरि अदालतमा उपस्थित गराइएको थियो । अदालतले पचास लाख धरौटी तिर्न आदेश दिएकोमा उक्त रकम तिर्न नसकेकाले श्रेष्ठलाई कारागरा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो ।

१२ मंसिर २०८१, बुधबार १४:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा