Play

पोखरा -१५ मा शुक्लागण्डकी कोटी होम – २०८१ को तयारी तिव्र

गुरुकुल खबर


पोखरा, अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना र पोखरा महानगरपालिका वडा नम्वर १५ को समन्वयमा मंसिर १७ देखि २७ गते सम्म हुन गईरहेको ऐतिहासिक शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र पारिएको छ ।

कोटी होम महायज्ञको उदेश्य सेती नदीमा स्नान गर्न जाने १०८ सिँढी निर्माण, १०८ गौमुखी धारा निर्माण, प्राकृतिक पुलमुनि रहेको महायज्ञ मुल संकल्पकर्ता जय श्री राधेगुरुले तपस्या गरेको गुप्त तिर्थ स्थल जाने बाटो निमार्ण , गरिब तथा विपन्न परिवारका बालबालिकालाइ शिशुस्याहार देखि कक्षा ३ सम्म निशुल्क पठनपाठन व्यवस्थापन सहित पट्नेरीमा रहेका करिब २ सय ८० घरधुरीलाई शुद्व खानेपानी सुबिधा पुर्याउनु रहेको बताईएको छ ।

तयारीकै क्रममा पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको वडा भेलालाई सम्बोधन गर्दै वडा नम्वर १५ का वडा अध्यक्ष तोरण बहादुर बाँनियाले वडा कार्यालयको तर्फबाट कोटीहोम सफल बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले वडाको तर्फबाट तन मन, धन, बचन र कर्मले कोटीहोममा होमिने जानकारी दिए ।

पण्डित दिपक सापकोटाले भेलामा भएको सहभागितालाई हेर्दा कोटी होम सफल भईसकेको अनुभूति भएको बताए।

विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सह अध्यक्ष शंकर खरालले हिन्दु जागरणका साथै आफ्नो ठाउँको विकास र त्यसको महत्व बुझेर काम गर्न गरे।

कार्यक्रममा पुर्व वडाअध्यक्ष प्रकाश पौडेलले जनसहभागितालाई जोड दिनुपर्ने बताए ।

संकल्पकर्ता शोभाकान्त ढकालका धर्मपत्नी नारायणी ढकाल, विश्वकर्मा समाज नेपालका केन्द्रिय अध्यक्ष रणाबहादुर विश्वकर्मा, समाजसेवी डाक्टर अनिल सुवेदी, भक्तबहादुर खत्री, आर्दश आमा समुहका अध्यक्ष कल्पना अधिकारी, शितलादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनकाजी कार्की, अलकापुरी आमा समुहका सुनिता कडेँल लगायतले पनि होम सफल पार्न सबै लाग्नुपर्नेमा जोड दिए ।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष मदन गिरी कोषाध्यक्ष नारायण भण्डारीले पोखरा १५ र १७ लाई जोड्ने गरि शुक्लागण्डकी माथि दुइ ढुङ्गा जोडिएर बनेको प्राकृतिक पुल ढुङ्गेसाँघु क्षेत्रको धार्मिक, सांस्कृतिक आध्यात्मिक महत्व उजागर गर्न कोटि होम हुन लागेको बताए।

२ मंसिर २०८१, आईतवार २०:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा