Play

कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य मनोनित

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभिन्न विभागमा सदस्यहरु मनोनयन गर्ने क्रममा  नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनीत गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको उक्त विभागमा  सभापति देउबाले शुक्रबार २८ जना सदस्य मनोनीत गरेको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार विभागको सदस्यहरूमा डडेल्धुराका नरेन्द्रबहादुर भाट, मनान्गका दिलबहादुर गुरूङ्ग, बाग्लुगका पूर्णबहादुर हमाल, ओखलढुंगाका पेमा नीमा शेर्पा, चितवनका नारायण सुवेदी, झापाका कृष्ण गिरी (जगन्नाथ), काठमान्डूका नारायण खरेल,चितवनका गिरीराज कुँवर, कास्कीका कुलप्रसाद गुरूङ्ग, केलालीका हिक्मत थापा, बाग्लुंगका राजु रेग्मी ’राज’, स्यांग्जाका शालिकराम डुम्रे, धादिंगकी सीता अर्याल, गुल्मीकी सुनिता जी.सी. कुँवर र  काठमाडौँका पुरुषोत्तम खनाल मनोनीत भएका छन् ।

त्यस्तै, तनहुँका गोविन्द परियार, धनुषाका शिवकुमार यादव, काठमाडौँका प्रकाश अधिकारी, सुर्खेतका ऋषि शर्मा, पर्वतका मोहन गुरूङ्ग, चितवनका इन्द्रकमल बुढ़ाथोकी, स्यांग्जाका जगदीश पौड़ेल, अर्घाखाँचीका कृष्णप्रसाद अधिकारी, रुकुमका राजु के.सी., कन्चनपुरका इश्वरीप्रसाद जोशी,  धनुषाका डा. अबिरल निधि, स्यांग्जाका डा. मनोर दिन सैयद र रुपन्देहीका कृष्ण पौडेल  उक्त विभागको सदस्यमा मनोनीत भएका छन् ।

२४ कार्तिक २०८१, शनिबार ०३:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा