Play

जयनेपाल फाउन्डेसनको युथ नेटवर्कद्वारा बाढीपिडित परिवार र स्कुलको लागि सहयोग

गुरुकुल खबर


काठमाडौँ, जयनेपाल इन्टरनेसनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कले नेपालको काभ्रे जिल्लाका बाढी पिडित परिवारको लागि आर्थिक सहयोग गरेको जनाएको छ।

फाउन्डेसनले काभ्रे जिल्लाको पनौती नगरपालिका -१२ कलांतीमा रहेको श्री इन्द्रादेवी आधारभूत विद्यालयको भवन निर्माणको लागि करिब दुई लाख रुपैया बराबरको जस्ता पाता सहयोग गरिएको ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैगरी काभ्रे जिल्लाकै बेथानचोक गाउँपालिका-४ सिम्लेमा बाढी पिडित परिवारको लागि २५ थान त्रिपाल र २७ थान डसना समेत राहत स्वरूप वितरण गरिएको उनले बताए ।

राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, जय नेपाल फाउण्डेसन नेपालका अध्यक्ष बद्री अर्याल, संस्थापक केन्द्रीय सदस्य राम रोकाय, सिपाजी संयोजक ज्ञानु तिमिल्सिना, युथ नेटवर्कका केन्द्रीय सदस्य महेन्द्र बस्नेत, रिता शाही, सुरेस त्रिपाठी लगायतको उपस्थित रहेको थियो।

१५ कार्तिक २०८१, बिहीबार १३:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा